Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्नातकोत्तर तह एम.एड. र एम.एस.एस.एड. भर्नाका लागि आवेदन खुल्यो

स्नातकोत्तर तह एम.एड. र एम.एस.एस.एड. भर्नाका लागि आवेदन खुल्यो

  • 1.0K
    SHARES

  • स्नातकोत्तर तह एम.एड. र एम.एस.एस.एड. भर्नाका लागि आवेदन खुल्यो

    मंसिर, ६ गते काठमाडौ। त्रिभुवन विश्वविद्यालय,शिक्षाशास्त्र सङ्कायले स्नातकोत्तर तह एमएड र एमएसएसएड (M.Ed./MSSEd) कार्यक्रममा भर्नाका लागि आवेदन खुला गरेको छ। विश्वविद्यालयले शैक्षिक सत्र २०८१/०८२ का लागि सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह प्रथम सेमेस्टरमा आवेदन खुला गरेको हो ।

    त्रिभुवन विश्वविद्यालयले प्रवेश परीक्षा तथा कक्षा सञ्चालन सम्बन्धी कार्यक्रम निर्धारण गरिएको जानकारी दिँदै २०८१ मंसिर ५ गतेदेखि २०८१ पौष २५ गतेसम्म आवेदन फारम भर्न सकिने र पौष २८ गते आइतबार ११ देखि १ बजेसम्म प्रवेश परीक्षा हुने जानकारी दिएको छ।

    साथै माघ ५ गते नतिजा प्रकाशन, माघ ६ गतेदेखि ९ गतेसम्म विद्यार्थी भर्ना, माघ १० गतेदेखि कक्षा सञ्चालन हुने तालिका सार्वजनिक गरेको छ ।

    यससंगै त्रिभुवन विश्वविद्यालयको स्नातक तह चौथो बर्षको सबै नतिजा मंसिर १५ गतेभित्र आइसक्ने रजिस्ट्रार खडक केसिले बताउनुभएको छ।

    FB_IMG_1732095140008.jpg

    images
    बिहिवार, मंसिर ६ २०८११०:३०:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार