Oct 02 2026 | २०८३, आश्विन १६ गते

स्नातकोत्तर तह एमपिए / एमबिएस भर्नाका लागि आवेदन खुल्यो

स्नातकोत्तर तह एमपिए / एमबिएस भर्नाका लागि आवेदन खुल्यो

  • 1.0K
    SHARES

  • स्नातकोत्तर तह एमपिए / एमबिएस भर्नाका लागि आवेदन खुल्यो

    मंसिर, १० गते काठमाडौ। त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायले स्नातकोत्तर तह एमपिए / एमबिएस (MPA/MBS) कार्यक्रममा भर्नाका लागि आवेदन खुला गरेको छ। विश्वविद्यालयले शैक्षिक सत्र २०८१/०८२ का लागि सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह प्रथम सेमेस्टरमा आवेदन खुला गरेको हो ।

    त्रिभुवन विश्वविद्यालयले प्रवेश परीक्षा तथा कक्षा सञ्चालन सम्बन्धी कार्यक्रम निर्धारण गरिएको जानकारी दिँदै २०८१ मंसिर १० गतेदेखि २०८१ पौष ०९ गतेसम्म आवेदन फारम भर्न सकिने र पौष २८ गते आइतबार बिहान ८:०० बजे देखि प्रवेश परीक्षा संचालन हुने जानकारी दिएको छ। साथै माघ दोस्रो सातादेखी कक्षा सञ्चालन हुने तालिका सार्वजनिक गरेको छ ।

    आवेदन फारम भर्न त्रिभुवन विश्वविद्यालय ब्यबस्थापन संकायको वेवसाइट www.tudoms.org अनलाइन मार्फत भर्नु पर्नेछ । सथै सो सम्बन्धी Link www. fomecd. edu.np बाट समेत उपलब्ध हुनेछ ।

    प्रवेश परीक्षामा Verbal Ability, Quantitative Ability, Business and Economics / General Awareness विधाबाट २५/२५ Multiple Choice Question सोधिनेछ सुचनामा उल्लेख छ।

    FB_IMG_1732496970112.jpg

    images
    सोमवार, मंसिर १० २०८१०७:०९:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार