आइतवार, मंसिर १६ २०८१
मंसिर, १६ गते काठमाडौ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले कार्यसम्पादनमा नागरिकप्रतिको उत्तरदायित्व महसुस गर्न निर्देशन दिएकी छन। आइतबार मन्त्रालयमा भएको बैठकमा मन्त्री भट्टराईले नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिएकी हुन्।
मन्त्री भट्टराईले कार्ययोजना कार्यान्वयनको कार्यविधि र प्रारूपमा जानु पर्नेमा जोड दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सङ्घीय सामान्य प्रशासन मन्त्रालय लगायतका मन्त्रालय मातहतका निकायसँग निरन्तर संवाद सहित अन्तरक्रिया समन्वयमा काम गर्न आग्रह गरिन्।
समन्वय र सहकार्यको अभावमा कार्य सम्पादन उत्कृष्ट र गुणस्तरीय नहुने हुँदा समन्वय, सहकार्य र सहअस्तित्व प्राथमिकतामा रहनुपर्ने मन्त्री भट्टराई को धारणा थियो। उक्त बैठकमा मन्त्रालयका सचिवसहित, महाशाखा प्रमुख, विभागीय प्रमुखलगायतको उपस्थिति रहेको थियो।