Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्नाका लागि आवेदन खुल्यो

मध्यपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्नाका लागि आवेदन खुल्यो

  • 674
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्नाका लागि आवेदन खुल्यो

    मंसिर, १८ गते काठमाडौ। मध्यपश्चिम विश्वविद्यालयका केन्द्रीय क्याम्पस, आंगिक क्याम्पस, विभाग, स्कुल तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्नातकोत्तर तहमा भर्नाका लागि आवेदन खुलेको छ।

    मध्यपश्चिम विश्वविद्यालय डिनको कार्यलयले एक सूचना जारी गर्दै  ग्र्याजुएटस् स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्सेस, ग्र्याजुएटस् स्कुल अफ एजुकेसन र ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्ट अन्तर्गतका केन्द्रिय बिभाग क्याम्पसहरुमा शैक्षिकसत्र २०८१/८२ को भर्नाका लागि आवेदन खुलेको हो।

    भर्नाका लागि मंसिर १७ गतेदेखि माघ ११ गतेसम्म कार्यलय समय भित्र र प्रवेश परीक्षा २०८१ माघ १५ र १८ गते संचालन हुनेछन् । साथै २०८१ माघ २० गते देखि फागुन ९ गते सम्म विद्यार्थी भर्ना हुनसक्नेछन्।

    प्रवेश परीक्षाको लागि आवेदन फारामहरु सम्बन्धित केन्द्रीय विभाग तथा आंगिक, सम्बन्धन प्राप्त क्याम्पस र एम आई सि डि बाट प्राप्त गर्न सकिने छ। साथै अनलाइन मार्फत https://entrance.mu.edu.np मा Login गरी फाराम भर्न सकिनेछ ।

    यस्तो छ सूचना ।

    FB_IMG_1733222300812.jpg

    images
    मंगलवार, मंसिर १८ २०८१०४:३७:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार