शनिवार, फाल्गुण १५ २०७७
काठमाडौँ, विश्व सम्पदा सुचीमा रहेको बसन्तपुरस्थित हरेक मन्दिर र दरवारहरु धमाधम पुनर्निर्माण भैरेहेकाछन । हनुमानढोका दरवार अमेरिका र बेलायतको सहयोगमा पुननिर्माण भैसकेको छ भने अरु मन्दिरहरु चिन सरकारको सहयोगमा पुनर्निर्माणको अन्तिम चरणमा पुगेका छन ।
तर वसन्तपुरस्थित दरवारकै अगाडी रहेको नेपाल संस्कृत विश्वविद्यालयको भवन विगत पाँच वर्षदेखि १४ वटा टेकोको भरमा अडिएको भएपनि पुनर्निर्माण को लागि सम्बद्ध निकायको ध्यान जान सकेको छैन ।
विश्व सम्पदा क्षेत्र, आन्तरिक तथा बाह्य पर्यटकको विशेष आकर्षण क्षेत्रमै रहेको काठको कलात्मक उक्त भवन अझै कहिलेसम्म पुनर्निर्माण हुने हो यकिन हुन सकेको छैन । उक्त भवनमा संस्कृत विश्वविद्यालयको काठमाडौँ सम्पर्क कार्यालय सञ्चालन हुँदै
आएको थियो ।
मन्त्रीस्तरीय बैठकले सम्पर्क कार्यालय राखेर विश्वविद्यालयले लामो समयसम्म पदाधिकारी खटाउन नपाउने निर्णयपछि सम्पर्क कार्यालय दाङ बेलझुन्डीकै विश्वविद्यालयमा २०७५ सालमै गाभिएको विश्वविद्यालयका रजिस्टार माधव अधिकारीले जानकारी दिनुभयो ।
विश्व सम्पदा क्षेत्रमै अवस्थित काठको कलात्मक तथा बहुमूल्य सामग्रीयुक्त त्यस सम्पदाको सबलीकरण वा पुनर्निर्माणका लागि पुरातìव विभागलाई अनुरोध गर्दा तत्काल बजेटको अभाव रहेकाले आउँदा वर्षमा त्यस भवनलाई लक्षित गरी बजेट छुट्याउने आश्वासन पाएको अधिकारीले बताउनुभयो ।
विनाशकारी भूकम्पपछि त्यस भवनको सबलीकरणका लागि जापानी संस्था ‘कोइका’ ले योजनासहित विस्तृत परियोजना ल्याएको सुनेको तर त्यो काम हुन नसकेको उहाँले बताउनुभयो ।
सम्पर्क कार्यालयका साथै अध्ययन अनुसन्धानका काम समेत हुने सो भवनमा भूकम्पले क्षति पुगेपछि उपयोग गर्न नसकिने अवस्थामा पुगेको रजिस्टार अधिकारीले बताउनुभयो ।
ठाउँ–ठाउँमै चिराचिरा परेको त्यस भवनको मुनि साना नाङ्ला पसल, चिया पसल तथा क्युरियो पसल सञ्चालन हुँदै आएका छन् । जिर्ण अवस्थामा रहेको विद्यालय भवनले त्यहा आउने पर्यटकहरुलाइ त गिज्याइरहेको छ नै तर फेरि पनि आइरहने सानातिना भूकम्पको झट्काले भवन भत्कियो भने त्यसबाट हुने क्षतिको कल्पनापनि गर्न सकिदैन र समयमै सम्बन्धित निकायहरुको ध्यान जना जरुरि छ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो? प्रतिक्रिया दिनुस् !


