Jul 27 2026 | २०८३, श्रावण ११ गते

संस्कृत विश्वविद्यालयले चैत १० गते स्ववियु निर्वाचन गर्दै।(तालिका प्रकाशित)

संस्कृत विश्वविद्यालयले चैत १० गते स्ववियु निर्वाचन गर्दै।(तालिका प्रकाशित)

  • 581
    SHARES

  • संस्कृत विश्वविद्यालयले चैत १० गते स्ववियु निर्वाचन गर्दै।(तालिका प्रकाशित)

    काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयले आगामी चैत १० गतेका लागि स्ववियु निर्वाचनको तालिका प्रकाशन गरेको छ ।

    जसअनुसार यही फागुन २७ गते बिहान १० देखि ४ बजेसम्मका लागि संगठन दर्ताको समय छुट्याइएको छ । फागुन २८ गते बिहान ११ बजे मतदाता सूची प्रकाशन गर्ने र १२ देखि ४ बजेसम्म मतदाता सूचीमा दाबीविरोधका लागि समय तोकिएको छ । 

    चैत ३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, सोही दिन ४ बजेसम्म उम्मेदवारको प्रत्यक्षतर्फको र समानुपातिकतर्फको मनोनयनपत्र तथा प्रस्तावित नामावली दाखिला गर्ने कार्यतालिका छ । 

    चैत ५ गते प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने, सोही दिन  उम्मेदवारको नामावलीउपर दाबीविरोध गर्ने समय छुट्याइएको छ ।

    चैत ६गते दाबीविरोधउपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने, ७ गते दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ भने सोही दिन ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । 

    चैत १० गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि मतदानको समय तोकिएको स्ववियु निर्वाचन केन्द्रीय मूल समितिले जनाएको छ ।

    नेपालका दुई पुराना विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा स्ववियु निर्वाचन हुने गरेको छ । त्रिभुवन विश्वविद्यालयले भने यसअघि नै चैत ५ गतेका लागि निर्वाचनको मिति तोकको छ ।

    Screenshot_2025-03-06-21-03-53-76_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    शुक्रवार, फाल्गुण २३ २०८१०६:४४:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार