Jul 27 2026 | २०८३, श्रावण ११ गते

विभिन्न आठ आरोपसहित संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई दुर्व्यवहार

विभिन्न आठ आरोपसहित संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई दुर्व्यवहार

  • 391
    SHARES

  • विभिन्न आठ आरोपसहित संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई दुर्व्यवहार

    ६ पुस, दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रा.डा. धनेश्वर नेपाललाई अखिल क्रान्तिकारीको एक समुहले भौतिक कार्वाही गरेको छ। विश्वविद्यालयलाई कमजोर पारेको, भ्रष्टाचार र अनियमितताको धन्दा चलाएको भन्दै कालोमोसो दलेर भौतिक कारबाही गरेको हो।

    लामो समयदेखि वाल्मीकि क्याम्पस र परीक्षा नियन्त्रण कार्यालयको बागडोर सम्हालेर राज्य र विश्वविद्यालयको सम्पत्ति लुट्न सत्तासीन पार्टीका नेताको फेरो समाएर निवासमा धाउँदै मोटो रकम बुझाएर उपकुलपति बनेको र, आफ्नो पदको दुरुपयोग गरी संस्कृत विश्वविद्यालयलाई कमजोर पार्ने, भ्रष्टाचार र अनियमितताको धन्दा चलाउने उनलाई कारबाही गर्न बाध्य भएको क्रान्तिकारीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

    त्यस्तै भ्रष्टाचार गरेर काठमाडौंको गोलढुंगा, ललितपुरको खोकना र गृहजिल्ला दाङमा जग्गाजमिन किनेको र पछिल्लो समय डोल्मा कम्पनीमा आबद्ध रहेको क्रान्तिकारीले आरोप लगाएको ।

    भ्रष्टाचारको आरोप लागेका माधव अधिकारीलाई लेनदेनमा पुनः रजिष्ट्रारमा सिफारिस गरेको, आफू उपकुलपतिमा नियुक्त हुन विश्वविद्यालयलाई अस्तव्यस्त बनाएको, घुस खुवाएर नियुक्ति लिएको, परीक्षा नियन्त्रक हुँदा आफूनिकट विद्यार्थीलाई पास गराएको, कार्यालयभन्दा नेताका निवासमा बढी धाउने तथा विश्वविद्यालयको जग्गा आफूनिकट व्यक्ति वा कम्पनीलाई दिन ठूलो आर्थिक चलखेल गरेको आरोप उनीमाथि लगाइएको छ ।

    विश्वविद्यालयको अवस्था अत्यन्त नाजुक हुँदा पनि त्यतातर्फ कुनै चिन्ता चासो नलिई ठेकेदारहरुसँग कमिसन खाने, रजिष्ट्रारलाई साथ दिँदै कार्यकारी परिषद्को बैठक बोलाएर विधिविपरीत भुक्तानीको निर्णय गरेको,विश्वविद्यालयको जग्गासम्बन्धी अध्ययन गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न विलम्ब गरेको विज्ञप्तिमा उल्लेख छ। 

    भ्रष्टाचार, लुटखसोट र अनियमिततामा संलग्न जोकोहीमाथि कारबाही गर्ने चेतावनी दिँदै क्रान्तिकारीले त्यसमा सहभागी हुन युवा, विद्यार्थी र आम नागरिकलाई आह्वानसमेत गरेको छ ।

    बिज्ञप्ति

    Screenshot_2025-12-21-15-53-27-01_a23b203fd3aafc6dcb84e438dda678b6.jpgScreenshot_2025-12-21-15-53-36-18_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    दैलेखको दुल्लु स्थायी घर भएका उपकुलपति वाल्मिकी विद्यापिठमा ज्योतिषशास्त अध्यापन गर्दछन् । ज्योतिष शास्त्र अध्ययन गरेका उनी यसअघि संस्कृत विश्वविद्यालयमा परीक्षा नियन्त्रक भएर काम गरेका थिए । नेपाल नेपाल ज्योतिष परिषद्को वरिष्ठ सल्लाहकार तथा वाल्मिकी विद्यापीठ ज्योतिष विभाग प्रमुखको जिम्मेवारीमा थिए ।

    images
    आइतवार, पौष ६ २०८२०४:००:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार