बुधवार, मंसिर १९ २०८१
मंसिर, १९ गते काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०८१ साल जेठ र असार महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह BBS चौथो बर्ष २०८० सालको नियमित तथा आशिंक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।नतिजा हेर्नको लागि www.result.tuexam.edu.np मा गएर हेर्न सकिने छ।
पुनश्चः लब्धाङ्कपत्र सम्बन्धित क्याम्पसहरुलाई उपलब्ध गराइएको TU-EMIS Portal को Result Menu Select गरी Marksheet Option मा गई प्रिन्ट गरी सम्बन्धित क्याम्पसबाटनै वितरण गर्नु हुन अनुरोध छ ।

रजिस्ट्रेशन नम्बर राख्दा 7-2-0224-0134-2019 गरि नराख्नु होला यसो गरेमा आफ्नो नतिजा नदेखाउन पनि सक्छ तसर्थ रजिस्ट्रेशन नम्बर राख्दा अंकको अगाडि आउने ‘0’ अंक नराख्नु होला जस्तो कि रजिस्ट्रेशन नम्बर समावेश गर्दा 7-2-224-134-2019 राख्नु होला र आफ्नो नतिजा हेर्नू होला ।