शुक्रवार, पौष ५ २०८१
पुस, ५ गते काठमाडौ। नेपाल खुला विश्वविद्यालयले स्नातकोत्तर तह भर्नाको लागी आवेदन खुला गरेको छ।
विश्वविद्यालय, सामाजिक शास्त्र तथा शिक्षा संकाय, विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय र व्यवस्थापन तथा कानून संकाय अन्तर्गत विश्वविद्यालयको शैक्षिक पात्रो (Academic Calendar), अनुसार वि.सं.२०८१ हिउँदे सत्रको स्नातकोत्तर तहमा सेमेष्टर प्रणाली अन्र्तगत विभिन्न विषयका कार्यक्रमहरूको नयाँ भर्ना आवेदन खुला गरेको हो।
भर्नाको लागि आवेदकहरूले विश्वविद्यालयको वेवसाइट www.nou.edu.np मा रहेको Student panel मार्फत Online भर्ना आवेदन फारम मिति २०८१ पुस ०५ गते देखि मिति २०८१ माघ ०६ गते सम्ममा भरिसक्नु पर्नेछ ।
भर्ना आवेदन सम्बन्धी विस्तृत जानकारी निम्न अनुसार दिइएको छ ।
• आवेदन दस्तुर नेपाल खुला विश्वविद्यालयको नाममा ग्लोवल आईएमई बैंक लिमिटेड, कीर्तिपुर शाखामा रहेको चल्ती खाता नं. ००५०१०१००००५०२ मा जम्मा गरी सो बैंक भौचर Scan गरी आवेदन साथ Upload गर्नुपर्नेछ ।
• प्रवेश परीक्षा सम्बन्धी जानकारी पछि प्रकाशन गरिनेछ ।
• आवेदकले आवेदन साथ सम्बन्धित शैक्षिक तह र कार्यक्रमका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्र र ट्रान्सक्रिप्टको सक्कल प्रति Scan गरी Upload गर्नुपर्नेछ ।
• प्रवेश परीक्षाको किसिम, परीक्षा केन्द्र र समय तालिका पछि प्रकाशित गरिनेछ ।
• प्रवेश परीक्षाको पाठ्यक्रम, शुल्क सम्बन्धी विस्तृत जानकारी र कोर्षको विस्तृत पाठ्यक्रम विश्वविद्यालयको Website को सम्बन्धित संकायका Menu मा राखिनेछ ।
• आवेदकले कम्प्युटरको आधारभूत सिप तथा ज्ञान प्राप्त गरेको हुनुपर्नेछ ।
• प्रत्येक कार्यक्रम तथा विषयमा आवेदक विद्यार्थी संख्या २० जना भन्दा कम भएमा विश्वविद्यालय भर्ना गर्न वाध्य हुने छैन ।
यस्तो छ सूचना ।
