मंगलवार, पौष ९ २०८१
पुस, ९ गते काठमाडौ। राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षा आवेदन फाराम खुला गरेको छ। बोर्डले कक्षा ११ र १२ मा अध्यापनका लागि सम्वन्धन प्राप्त माध्यमिक विद्यालय/क्याम्पसमा अध्ययन गरी २००२ सालमा सञ्चालन गरिने कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अड्क ७८, ७९ र ८० भएका परीक्षार्थीहरू तर्फका परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम खुला गरेको हो।
राष्ट्रिय परिक्षाबबोर्डद्वारा जारी गरिएको शैक्षिक सत्र २००१/०८२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भए अनुसार नै २०८१ साल पौष मसान्तभित्र परीक्षा शुल्क वापतको रकम दाखिला गर्न र सो समयभित्र रकम दाखिला गर्न छुटेका परीक्षार्थीहरुले २०८१ माघ १५ गतेसम्म विलम्ब शुल्क सहित रकम चुकाई राष्ट्रिय परीक्षा वोर्डले तोकेको टाँचामा परीक्षा आवेदन फाराम भर्नुहुन सुचित गरेको छ।
सम्बन्धित विद्यालय/क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको विक नीच्चर/डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाण सहित २०८१ माघ ३० गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
परीक्षा आवेदन फाराम भर्दा तपसिल अनुसार गर्नु/गराउनुहुन समेत अनुरोध छ।
१. कक्षा १२ को नियमित परीक्षार्थीको रूपमा आवेदन फाराम भर्ने विद्यार्थीहरू (रजिस्ट्रेसन नम्बरको सुरुका दुई अड्क मएका) ले २०८१ सालमा विद्यालय मार्फत लिइएको कक्षा ११ का सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम 1) एवं आन्तरिक मूल्याङ्कन/प्रयोगात्मक तर्फ रोड प्राप्त गरेको हुनुपर्नेछ। परीक्षा आवेदन फारामका साथ विद्यालयबाट प्रदान गरिएको (तोकिएको न्यूनतम रोड प्राप्त गरेको) कक्षा ११ को ग्रेडसिट प्र.अ. बाट प्रमाणित गराई अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। अन्यवा आवेदन फाराम मान्य हुनेछैन।
२. परीक्षा आवेदन शुल्क (विलम्ब शुल्क रहित) प्रति विद्यार्थी रु. ६०० (७ सय रुपियाँ) वा विलम्व शुल्क सहित प्रति विद्यार्थी रु. १२०० (बाह सय रुपियाँ राष्ट्रिय परीक्षा बोर्डको खातामा दाखिला गर्नुपर्नेछ। बोर्डद्वारा बाहय परीक्षक खटाई प्रयोगात्मक परीक्षा लिइने प्रयोगात्मक परीक्षाका लागि विद्यार्थीले प्रति विषय रु. ७५/- (पचहत्तर) थप बुझाउनुपर्नेछ। प्रयोगात्मक बापत शुल्क बुझाउनुपर्ने विषयहरू बुँदा नं. ६ मा उल्लेख गरिएको छ। प्रयोगात्मक शुल्क रु. ७५८ (पचहत्तर) मध्ये प्रति विषय रु. २५० (पच्चीम) का दरले हुने रकम सम्बन्धित विद्यालयमा नै रात्री आन्तरिक परीक्षकको पारिश्रमिक बापत उपलब्ध गराउनुपर्ने एवं बाँकी प्रति विषय रु.५०० (पचास) का दरले हुने रकमको बैंक भौचर राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयको नाममा २००१ पौष मसान्तभित्र दाखिला गर्नुपर्नेछ। सो समयभित्र प्रयोगात्मक शुल्क बुझाउन छुट भएका परीक्षार्थीहरूले विलम्ब शुल्क सहित प्रति विषय रु. १५०० मध्ये प्रति विषय रु. १०० का दरले हुने रकम २००१ माघ १५ गतेभित्र बोर्डको खातामा दाखिला गर्नुपर्नेछ। तोकिएको मितिपछि जम्मा गरिएका भौचर सोही प्रयोजनका लागि बुझाइएका फारामहरू स्वीकृत गरिनेछैन।
३. जुन अवधि र प्रयोजनका लागि रकम दास्त दाखिला गर्न भनिएको हो सो अवधि भित्रको बैंक भौचर सोही प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइनेछ। सोभन्दा फरक मितिको बैंक भीचर स्वीकार गरिनेछैन । ४. विद्यालयले विद्यार्थीहरूको परीक्षा आवेदन फाराम पठाउँदा साल र रजिस्ट्रेसन नम्वरको आधारमा क्रमाङ्क मिलाई पठाउनुपर्नेछ।
५. नियमित र आंशिक दुवै समूहका विद्यार्थीहरूले तोकिएक परीक्षा केन्द्रबाट परीक्षा दिनुपर्नेछ। परीक्षा केन्द्र परिवर्तन हुनेछैन ।
६. कक्षा १२ मा अध्यापन हुने Physics (1022/9132), Biology (2022/9102), Chemistry (3022/9112), Computer Science (4282/9152) 7 Hotel Management (4402) विषयको बाह्य परीक्षक बोर्डका सम्बन्धित कार्यालयद्वारा नियुक्त गरी प्रयोगात्मक परीक्षा सञ्चालन गरिनेछ। उक्त परीक्षाको समयतालिका सम्वन्धमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकले राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयसँग समन्वय गरी २०८१ फाल्गुण मसान्तभित्र तय गर्नुपर्नेछ। उक्त प्रयोगात्मक परीक्षा २०८१ चैत्र मसान्तभित्र सम्पन्न गरी विद्यार्थीको प्राप्ताङ्क Online entry समेत गरी hardcopy softcopy २०८२ वैशाख १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ। माथि उल्लित्वित पाँच विषय बाहेकका अन्य विषयहरुको प्रयोगात्मक आन्तरिक परीक्षा समेत सोही अवधिभित्र सम्पन्न गरी परीक्षा २०८२ वैशाख १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ एवं ती विषयहरूका लागि आन्तरिक तथा बाहय परीक्षकको व्यवस्था विद्यालय स्वयंले गर्नुपर्नेछ।
२. आंशिक परीक्षार्थीको रूपमा सहभागी हुने परीक्षार्थीहरूले आफू कक्षा १२ को नियमित परीक्षामा जून विद्यालयबाट आवेदन फाराम भरी परीक्षा दिएको हो नोही विद्यालयबाट मात्र आवेदन फाराम भर्नु नराउनुपर्नेछ। अन्य विद्यालयबाट भरे/भराएको पाइएमा उक्त परीक्षा आवेदन फाराम रद्द गरिनेछ। कक्षा ११ मा जुन विषय र समूहमा अध्ययन गरेको हो कक्षा १२ मा समेत सोही विषय र सोही समूहबाट मात्र आवेदन फाराम भर्नुपर्नेछ। सोभन्दा फरक विषय र समूहबाट विषय छनोट गरेमा उक्त विषय स्वतः रद्द हुनेछ।
९. आंशिक परीक्षार्थीहरूले (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७८, ७९ २८० मएका) जुन विषयमा NG (Not Graded) प्राप्त गरेको वा अनुपस्थित (Abs) भएको हो सो विषयको मात्र परीक्षा आवेदन फाराम भर्नुपर्नेछ। साथै त्यस्ता परीक्षार्थीको आन्तरिक प्रयोगात्मक अङ्क समेत छुटेको हकमा सैद्धान्तिकका साथै आन्तरिक प्रयोगात्मक विषयको समेत कोड उल्लेख गरी परीक्षा आवेदन फाराम भर्नुपर्नेछ। साथै, विद्यालयहरूले समेत आन्तरिक मूल्याङ्कन गराई तोकिएकै समयमा प्राप्ताङ्क पठाउनुपर्नेछ। कक्षा १२ को नियमित परीक्षार्थीको रूपमा अध्ययनरत विद्यार्थीहरूले अतिरिक्त विषयको फाराम भरी परीक्षामा सहभागी हुनका लागि निजले कक्षा ११ मा समेत सोही विषय अतिरिक्त विषयको रूपमा अध्ययन गरेको पेडसिट आवेदन फारामका साथ संलग्न गर्नुपर्नेछ।
१०. परीक्षा आवेदन फाराम विद्यार्थी स्वयंले भरेको हुनुपर्नेछ। विद्यार्थीको उक्त विवरणलाई विद्यालयले अनलाइन (Online) मार्फत प्रविष्टि (Entry) गर्ने व्यवस्था मिलाइनेछ। अनलाइन (Online) मार्फत प्रविष्टि (Entry) गर्नका लागि बोर्डको अनलाइन प्रविष्टि (Online Entry) सम्बन्धमा https://exam.neb.gov.np अथवा चोर्डका Website: www.neb.gov.np मा गई Online Exam Form (Class 12) मा Click गरे पश्चात् प्राप्त विवरण अनुरूप समेत Entry गर्न सकिनेछ। साथै नियमित परीक्षार्थीका लागि मिति २०८१ पुस १५ गतेदेखि मिति २०८१ माघ २५ गतेसम्म अनलाइन (Online) इन्ट्री खुला गरिने हुँदा सोही अनुसार समयमै आवेदन फारामको अनलाइन प्रविष्टि (Online Entry) गर्नुहुन सम्पूर्ण विद्यालयहरूलाई अनुरोध गरिन्छ।
११. लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार आन्तरिक प्रयोगात्मक मूल्याङ्कनमा तोकिएको ग्रेड (C) प्राप्त नभई वार्षिक परीक्षामा संलग्न भाएको विद्यार्थीको परीक्षा रद्द हुनेहुँदा सो व्यहोरा अवगत गर्नुभई तोकिएकै समयभित्र आन्तरिक प्रयोगात्मक अङ्क प्रविष्टी गरी Hard Copy सहित बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउनुहुन समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै गत वर्ष आन्तरिक मूल्याङ्कनको अङ्क छुट नएका आंशिक परीक्षार्थीहरुको समेत अड्का विवरण अनिवार्य रुपमा पठाउनुहुन विद्यालयहरूलाई अनुरोध गरिन्छ।
१२. परीक्षा आवेदन फाराम बापतको शुल्क एकमुष्ट (प्रति विद्यार्थी तोकिए अनुरूपको रकम) राष्ट्रिय वाणिज्य बैंकमा रहेको बोर्डको खातामा सीधै भौचर मार्फत वा System मा रहेको Payment Gateway (Connect IPS, e-Sewa, Khalti, IMEpay, RBB mobile banking) प्रयोग गरी जम्मा गर्न सकिनेछ। डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाण समेत अनिवार्य रुपमा फाराम साथ पेश गर्नुपर्नेछ।
१२. राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुले आ-आफ्नो क्षेत्र भित्रका विद्यालय/क्याम्पसहरूलाई सूचनाको जानकारी गराई यसै सूचना अनुसार कार्य सम्पादन गर्नु/गराउनुहुन जानकारी गराइन्छ।