Jul 27 2026 | २०८३, श्रावण ११ गते

अधिस्नातक तह पिजिडी एजुकेशनमा भर्नाका लागि प्रवेश परीक्षा माघ २५ गते

अधिस्नातक तह पिजिडी एजुकेशनमा भर्नाका लागि प्रवेश परीक्षा माघ २५ गते

  • 734
    SHARES

  • अधिस्नातक तह पिजिडी एजुकेशनमा भर्नाका लागि प्रवेश परीक्षा माघ २५ गते

    पुस, ११ काठमाडौ। त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, डीनको कार्यालयले अधिस्नातक तह पिजिडी एजुकेशन कार्यक्रममा भर्नाका लागि आवेदन माग गरेको छ ।

    शिक्षाशास्त्र सङ्कायमा १ वर्षे बी. एड. कार्यक्रमको विकल्पमा सञ्चालन हुने सेमेस्टर प्रणालीमा आधारित ३ सेमेस्टरको अधिस्नातक तह पिजिडी एजुकेशन कार्यक्रमा भर्नाका लागि प्रवेश परीक्षा माघ २५ गते शुक्रबार हुने भएको छ। साथै प्रवेश परिक्षाको नतिजा प्रकाशन माघ २९ गते गरिने, विद्यार्थी भर्ना माघ ३० गतेदेखि फागुन ९ गतेसम्म हुने र कक्षा सञ्चालन फागुन १० गतेदेखि हुने विश्वविद्यालयको तालिका छ ।

    शैक्षिक सत्र २०८१÷०८२ का लागि प्रथम सेमेस्टरमा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुनका लागि माघ २० गतेसम्म आवेदन फाराम बुझाउनु पर्ने छ । जुनसुकै विषय लिई स्नातक तह उत्तीर्ण विद्यार्थीहरूले तोकिएको विषयमा भर्नाका लागि आवेदन दिन सक्नेछन् । आवेदन फाराम विद्यार्थीहरूले भर्ना हुन चाहेको क्याम्पस/कलेजमा सम्पर्क गरी अनलाइन मार्फत बुझाउनुपर्नेछ ।

    FB_IMG_1735178174702.jpgFB_IMG_1735178176471.jpg

    images
    बिहिवार, पौष ११ २०८१०७:३८:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार