शुक्रवार, पौष १२ २०८१
पुस, १२ गते काठमाडौ। राष्ट्रिय परिक्षा बोर्डले २०८१ सालमा सन्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा -१० ( SEE ) मा समाबेश हुनका लागि परिक्षा आबेदन फाराम खुला गरेको छ।
शैक्षिक सत्र २०८१ मा कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरुले माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि समेत आवेदन खुला गरेको हो।
आवेदन पुस १२ देखि माघ १२ गते भित्र प्रति परीक्षार्थी परीक्षा दस्तुर पाँच सय सहित आवेदन फाराम भर्ने भराउने कार्यका लागि सम्बन्धित सबै शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तहका शिक्षा शाखा महाशाखा, विद्यालय तथा विद्यार्थीको जानकारी गराएको छ ।
त्यसैगरी साधारण, परम्परागत तथा प्राविधिक धारतर्फका विद्यालयमा हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि हाल कक्षा १० मा नियमित विद्यार्थीको रूपमा अध्ययनरत विश्याचीहरूले (क) रजिष्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि (ख) शैक्षिक सत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह (कक्षा ८) उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि (ग) जन्मयतो प्रमाणपत्रको प्रतिलिपि प्रधानाध्यापकबाट प्रमाणितः संलग्न गरी विद्यालय पोशाकमा हालसाले खिचिएको पासपोर्ट साइजको दुई पति फोटो निर्दिष्ट ठाउँमा टाँसी जावेदन फाराम भरी परीक्षा दस्तुर सहित सम्बन्धित विद्यालयमा बुझाउने।
खुला, वैकल्पिक तथा बनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि दूर शिक्षा/खुला सिकाइ कार्यक्रम सञ्चालन निर्देशिका, (संशोधन सहित। २०६३ को दफा १५ र १७ अनुसार भनो नई निर्देशिकाले तोकेको सबै शर्तहरू पूरा गरेको सिफारिस सहित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात संलग्न गरी हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटी निर्विष्ट ठाउँमा टाँसी फाराम भरी परीक्षा दस्तुर सहित सम्वन्धित विद्यालयमा बुझाउने। खुला वैकल्पिक तर्फका विद्याचीहरूले निर्देशिका वमोजिम कक्षा ८ वा सी सरहको आधारभूत तह उत्तीर्ण गरी दुई वर्ष पुगेको (शैक्षिक सत्र २०७९ वा सोभन्दा पहिले) प्रमाणपत्र (प्रमाणपत्र जारी गर्ने निकायबाट यो सूचना प्रकाशित भए पछि भेरिफिकेशन गरिएको र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्रधानाध्यापकबाट प्रमाणित गरी पेश गर्नुपर्ने छ। अनौपचारिक प्रौढ विद्यालय वा खुला वैकल्पिक विद्यालयको बारेमा समन्वय इकाइहरूले विद्यालयको अनुमति पत्र लगायत अन्य कागजात हेरी निर्देशिका बमोजिमको विद्यार्थी भए नभाएको एकीन गर्नुपर्नेछ।
अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले प्रौढहरुका लागि सञ्चालित अनौपचारिक विद्यालय साम्चालन निर्देशिका २०६५ से तोकेको सबै सर्तहरू पूरा गरेकी सिफारिस सहित सम्बन्धित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात संलग्न गरी पासपोर्ट साइजको दुईप्रति फोटो निर्विष्ट ठाउँमा टाँसी फाराम भरी परीक्षा दस्तुर सहित सम्बन्धित विद्यालयमा बुझाउने ।
विद्यालयहरूले उल्लेखित वृंदा नं. १२२ अनुसार बावेदन फाराम भर्ने विद्याचीहरूको नाम, थर, जन्ममिति जन्मदर्ता प्रमाणपत्र अनुसार। र परीक्षा दिने विषयहरू ठीकसंग भरे नभरेको रूजू गरी प्रमाणित गरेर अंग्रेजी अल्फावेटको बढ्दो क्रममा फारामहरू मिलाउने र तोकिएको समष्टिगत विवरणको ढांचामा सबै विद्याधीको विवरण कम्प्युटर इन्ट्रि गरी अभिलेख राख्ने प्रयोजनका लागि तीन प्रति छापेर प्रमाणीकरण गरी सो समष्टिगत विवरण सहित फारामको क्रम मिले भमिलेको जांच गरी परीक्षा दस्तुर बापतको राजव्य जम्मा गरेको भौचर वा नगदी रसिद समेत सनग्न गखी २०८१ माघ १६ गते भित्र शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइ सक्नुपर्नेछ।
शिक्षा विकास तथा समन्वय इकाइहरूले प्राप्त आवेदन फाराम कम्प्युटरमा Entry गरी रूजू समेत गरी Electronic copy मिति २०८१ माघ २५ गते भित्र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र सम्बन्धित शिक्षा विकास निर्देशनालयमा पठाइ सक्नुपर्नेछ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० तथा सम्बन्धित शिक्षा विकास निर्देशनालयको समन्वयमा शिक्षा विकास तथा समन्वय इकाइहरूले पनिका कक्षा १० बाट पठाए अनुसारको आठ अंकको सिम्बोल नम्बर र अल्फाबेट समेत कायम गरी प्रवेशपत्र उपलब्ध गराउनु पर्नेछ ।
सम्बन्धित शिक्षा विकास निर्देशनालयसंगको समन्वयमा शिक्षा विकास तथा समन्वय इकाइहरूले २०८१ माघ २५ गते भित्र अनिवार्यरुपमा परीक्षा केन्द्र निर्धारण गरी जिल्ला परीक्षा समन्वय समितिबाट निर्णय गराई पनिका कक्षा १० सम्बन्धित शिक्षा विकास निर्देशनालयमा पठाइ सक्नु पर्नेछ।
परीक्षा केन्द्र कायम गर्दा विद्यार्थीहरूलाई पायक पर्ने गरी र इमेल, इन्टरनेट, प्रिन्टर, फोटोकपी र व्याकअप भएका विद्यालयहरूलाई प्राथमिकता दिनु पर्नेछ। परीक्षा केन्द्र निर्धारण गर्दा विद्यालयहरूको नाम र कोड नम्बर उल्लेख गर्नु पर्नेछ। परीक्षा केन्द्र निर्धारण गर्दा एउटा विद्यालयका सबै विद्याचीहरू नियमित, ग्रेडवृद्धि र प्राविधिक। एउटै केन्द्रमा पर्ने गरी परीक्षा केन्द्र निर्धारण गर्नुपर्नेछ ।
स्वीकृत फारामको अभिलेख प्रति (Office Copy) राष्ट्रिय परीक्षा बोर्डले माग गरेको बेला प्रस्तुत गर्ने गरी सुरक्षित राख्ने र प्रवेशपत्र (Student Copy) को शिक्षा विकास तथा समन्वय इकाइले सिम्बोल नम्बर कायम गरी सम्बन्धित विद्यार्थीले परीक्षाको समयमा प्राप्त गर्ने गरी विद्यालय मार्फत वितरण गर्ने व्यवस्था मिलाउनु पर्नेछ।
आवेदन फाराम भर्ने विद्यार्थीले आफू नियमित रुपमा अध्ययन गरेको विद्यालयबाट मात्र आवेदन फाराम भर्नुपर्नेछ। एकभन्दा बढी विद्यालय वा स्थानवाट फाराम भरेको पाइएमा त्यस्ता दुबै तर्फका फारामहरू रद्द गरिनेछन्। कक्षा १० मा अन्य विद्यालय तथा जिल्लाबाट स्थानान्तरण भई नयां भनो हुन आउने विद्यावीको हकमा संशोधित शिक्षा नियमावली अनुमार गर्ने र त्यस्ता खाले विद्यार्थीको छुट्टै अभिलेख राखी पनिका र सम्बन्धित शिक्षा विकास निर्देशनालयमा पठाउनु पर्नेछ ।
