आइतवार, पौष १४ २०८१
पुस, १४ काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ ।
नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट मिति २०८१ पुस १३ मा स्वीकृत "नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष र सदस्य सिफारिस सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१" बमोजिम दरखास्त पेश गर्न यस अगाडि पेश भएका आवेदनलाई कायमै राखी समयावधि थप गरिएको छ ।
इच्छुक तथा योग्य व्यक्तिले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट: www.moest.gov.np मा दिइएको लिङ्कमा गई माग गरिएको विवरण भरी र तोकिएका कागजात अपलोड गरी यो सूचना प्रकाशित भएको मितिले १० (दस) दिनभित्र कार्यालय समयमा दरखास्त पेश गर्न सकिने छ।
