बुधवार, पौष १७ २०८१
पुस, १७ गते भक्तपुर। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको निरीक्षण गरेकि छन्।

भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि प्रक्रिया अगाडि बढाउँदै आएको सन्दर्भमा मन्त्री भट्टराईले विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधारहरुको निरीक्षण गरेकि हुन् ।
निरीक्षणपछि आयोजित छलफल कार्यक्रममा मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाले शिक्षामा गरेको कार्य उदाहरणीय र अनुकरणीय रहेको बताउँदै भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्वीकृति पाउनुपर्छ भन्ने विषयमा आफू सँधै सकारात्मक रहेको बताइन् ।

मन्त्री भट्टराईले उक्त अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, शारदा क्याम्पस, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप कलेज अफ इन्जिनियरिङ लगायतको स्थलगत अवलोकन गरी उक्त कलेजहरुका सेवा सुविधा, विद्यार्थी संख्या र भौतिक अवस्थाबारे जानकारी लिएकी थिइन् ।