शुक्रवार, माघ ४ २०८१
माघ, ४ गते/ काठमाडौं । नेपाल खुला विश्वविद्यालयमा स्नातकोत्तर तहमा सूचना प्रविधि विषयको पढाइ सुरू भएको छ । विश्वविद्यालयको विज्ञान, स्वास्थ तथा प्रविधि संकाय अन्तर्गत एमआईटी कार्यक्रम सुरू भएको हो।
यसअन्तर्गत डेटा साइन्स र साइबर सुरक्षामा विशेषज्ञता हासिल गर्न सकिने कार्यक्रम संयोजक सत्यराम सुवालले जानकारी दिए । उनका अनुसार दुई वर्ष, चार सेमेस्टरको उक्त कार्यक्रममा भर्ना हुन सूचना वा प्रविधि विषयमा स्नातक वा सो सरह उतिर्ण गरेको हुनुपर्ने छ ।
विश्वविद्यालयले उक्त कार्यक्रमको एउटा ब्याचमा ५० विद्यार्थीमात्र पढ्न पाउने छन् । भने राति अनलाइनबाट कक्षा सञ्चालन हुनेछन् । बिहान र दिउँसोको समयमा जागिर तथा आफ्नो पेसा व्यवसाय गरेर बेलुकाको फुर्सदको समयमा संसारको जुनसुकै स्थानमा रहेर पनि पढ्न सकिने व्यवस्था मिलाइएको छ ।