Jul 27 2026 | २०८३, श्रावण ११ गते

मिड-भ्याली स्कुल/कलेजको खेलकुद सप्ताह- २०८१ सम्पन्न

मिड-भ्याली स्कुल/कलेजको खेलकुद सप्ताह- २०८१ सम्पन्न

  • 796
    SHARES

  • मिड-भ्याली स्कुल/कलेजको खेलकुद सप्ताह- २०८१ सम्पन्न

    भक्तपुर। सुर्यबिनायक नगरपालिका, वडा नं. ४ नयाँ ठिमीस्थित मिड-भ्याली सेकेन्डरी स्कुल/कलेजले आयोजना गरेको खेलकुद सप्ताह- २०८१ सम्पन्न भएको छ। माघ २ गतेदेखि सुरू भएको खेलकुद सप्ताह (Sports Week) - २०८१ शनिबार विजेता खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण गर्दै सम्पन्न भएको हो ।

    FB_IMG_1737299269409.jpg

    खेलकुद सप्ताहमा विद्यालयका करिब २ सय ५० भन्दा बढी विद्यार्थीहरुले सहभागी जनाएका थिए। खेलकुद सप्ताहमा ब्याडमिन्टन, टेबलटेनिस, फूटसल, क्रीकेट, दौड (१००/२००/४००मिटर) भलिबल, सटपुट, लङ्जम्प चेस, लगाएत खेलहरु खेलाइएको थियो।

    FB_IMG_1737299192626.jpg

    खेलकुद सप्ताहको पुरस्कार वितरण कार्यक्रममा बोल्दै सुर्यबिनायक नगरपालिका वडा नं. ४ का अध्यक्ष लछुराम न्यौपानेले खेलकुदबाट शारीरिक बिकास साथसाथै  मानसिक बिकासमा समेत  मद्दत पुर्याउने र विभिन्न खेलकुद गतिविधिहरूमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो सहकार्य, नेतृत्व विकास, आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुने विषयमा मद्दत पुग्ने बताउनुभयो ।

    IMG_7581.JPG

    उक्त कार्यक्रममा बोल्दै MD राजु कोइरालाले खेलले विद्यार्थीहरुको शारीरिक, बौद्धिक र मानसिक बिकासमा महत्वोपुर्ण भुमिका खेल्ने बताउनुभयो। उहाँले आजको संसारमा खेलले मानिसको जिवनमा सकारात्मक प्रभाव संगै जीवन निर्वाह गर्न समेत सघाउ पुर्‍याउने भएकोले खेललाइ व्यावसायिक रुपमा स्थापित गर्न स्कुल/ कलेजले खेल आयोजना गरेको बताउनुभयो। खेल संगै संस्कार समेत सिकाउने भएकोले हार जित भन्दापनी स्वास्थ्यको लागि खेलकुद अति आवश्यक छ भन्दै विद्यार्थीहरु बिच हुने स्वस्थ प्रतिस्पर्धाले खेल अनुशासन कायम गर्न मद्दत गर्ने कोइरालाले बताउनुभयो।

    IMG_7433 (1)~2.JPG

    IMG_7422 (1)~2.JPG

    पुरस्कार वितरण कार्यक्रमको समापन गर्दै स्कुल/कलेजका प्रिन्सिप गोबिन्दबल्लभ जोशिले खेलकुदमा अनुशासन पुर्वक सहभागी भई आफ्नो कला कौसलता र क्षमताको प्रदर्सन गर्ने विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो।

    IMG_7590~2.JPG

    खेलकुद सप्ताह समापत तथा पुरस्कार वितरण कार्यक्रम स्कुल/कलेजका इसिए इन्चार्ज मनोज रन्जितले सञ्चालन गरेका थिए ।

    FB_IMG_1737299235391.jpgFB_IMG_1737299220582.jpgFB_IMG_1737297007742.jpgFB_IMG_1737296969921.jpgFB_IMG_1737296965595.jpgFB_IMG_1737296943553.jpgFB_IMG_1737296997622.jpgIMG_7556.JPGIMG_7564.JPGIMG_7523.JPG

    images
    आइतवार, माघ ६ २०८१०८:४५:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार