Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिम विश्वविद्यालयको डीन पदका लागि आवेदन माग

मध्यपश्चिम विश्वविद्यालयको डीन पदका लागि आवेदन माग

  • 668
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयको डीन पदका लागि आवेदन माग

    माघ, ९/ सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रिक्त डीन पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरेको छ। विश्वविद्यालय ग्य्राजुएट स्कुल अफ एजुकेसन, ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ र ग्य्राजुएट स्कुल अफ 'ल' मा डीन पदहरूका लागि आवेदन माग गरेको हो ।

    योग्यता पुगेका योग्य नेपाली नागरिकहरूद्वारा प्रथम पटक सूचना प्रकाशित भएका मितिले १० (दस) दिनभित्र मध्यपश्चिम विश्वविद्यालय, रजिस्ट्रारको कार्यालय, सुर्खेतमा भौतिक रूपमा आवेदन दर्ता गर्न मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक वेबसाइट mu.edu.np/deanselectionguideline मार्फत छनोट सम्बन्धी मापदण्ड प्राप्त गरी mu.edu.np/deanapplication मार्फत अनलाइन आवेदन फाराम पेश गर्न सकिने छ।

    आवेदन दिन न्यूनतम मापदण्ड मान्यता प्राप्त विश्वविद्यालयका सम्बन्धित विषयका प्राध्यापक वा PhD उपाधि सहित कम्तीमा १० वर्ष सेवा पुगेका सह-प्राध्यापक हुनुपर्नेछ ।

    Screenshot_2025-01-22-07-03-20-32_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    बुधवार, माघ ९ २०८१०८:१४:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार