Jul 27 2026 | २०८३, श्रावण ११ गते

द एक्सेल पब्लिक स्कुलको जुनियर खेलकुद मेला उद्घाटन ।

द एक्सेल पब्लिक स्कुलको जुनियर खेलकुद मेला उद्घाटन ।

  • 575
    SHARES

  • द एक्सेल पब्लिक स्कुलको जुनियर खेलकुद मेला उद्घाटन ।

    माघ, १७ गते/ काठमाडौँको। नागार्जुन नगरपालिकाको स्वयम्भूस्थित  द एक्सेल पब्लिक सेकेन्डरी स्कुलको जुनियर खेलकुद मेला (Sports Carnival) २०८१ उद्घाटन भएको छ। बिहीवार विद्यार्थीहरुको मार्च, नृत्य तथा कला प्रस्तुति संगै जुनियर खेलकुद मेला (Sports Carnival- 2081) उद्घाटन भएको हो।

    IMG_9109.JPG

    खेलकुद मेला तीन दिनसम्म चल्नेछ भने करिब २ सय ५० भन्दा बढी विद्यार्थीहरुले सहभागी रहने स्कुल  अध्यक्ष पबित्रा खतिवडाले बताउनुभयो। मेलामा बालबालिकाहरुले खेल्ने बिभिन्नखेलहरु खेलाइने अध्यक्ष खतिवडाले बताउनुभयो ।

    IMG_9130.JPG

    खेलकुद मेलाबाट बालबालिकाको शारीरिक बिकास साथसाथै  मानसिक बिकासमा समेत  मद्दत पुर्याउने र विभिन्न खेलकुद गतिविधिहरूमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो सहकार्य, नेतृत्व विकास, आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुने विषयमा मद्दत पुग्ने प्रिन्सिपल बाशुदेव घिमिरेले बताउनुभयो । बालबालिकाको  मानसिक विकासको लागि शारीरिक तन्दुरुस्ती आवश्यक हुन्छ । शरीर बलियो, निरोगी, तन्दुरुस्त छ भने उनीहरुले सुनेको, देखेको कुरालाई सजिलै ग्रहण गर्न सक्छन् । त्यसैले वौद्धिक विकासको लागि शारीरिक तन्दुरुस्ती महत्वपूर्ण हुन्छ, घिमिरेले भन्नुभयो।

    IMG_9117.JPG

    खेलकुद मेला उद्घाटन समारोहको संचालन शिक्षक सन्तोशी श्रेष्ठले गर्नुभयो। खेलकुद मेलामा स्कुल भाइस प्रिन्सिपल उदित सापकोटा लगाएत शिक्षक अभिभावकहरुको उपस्थिति रहेको थियो।

    IMG_9142.JPGFB_IMG_1738252726664.jpg

    images
    शुक्रवार, माघ १८ २०८१०६:४६:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार