आइतवार, माघ २० २०८१
माघ, २० गते। काठमाडौँ महानगरपालिका वडा नम्बर १५ विजेश्वरीमा अवस्थित यस द सनसाइन स्कुल तथा कलेजले आयोजना गरेको वार्षिक खेलकुद सप्ताह भव्यताका साथ समापन गरेको छ। गत माघ १० देखि शुरु भएको खेलकुद सप्ताहको पुरस्कार वितरण गर्दै सम्पन्न भएको हो।

खेलकुद सप्ताहमा विद्यालयका करिब ५०० विद्यार्थीले विभिन्न ४० विधाका खेलमा सहभागी जनाएका थिए।

विद्यालयका प्राचार्य बाबुराम गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम एक हप्तासम्म सञ्चालन भएको थियो। उक्त कार्यक्रममा विद्यालयका कोर्डिनेटर अशोक लामिछाने तथा नम्रता शाहीले सञ्चालन गर्नुभएको थियो भने इसिए शिक्षक राज क्षेत्री, सञ्जीव थापा ,सरस्वती श्रेष्ठ ,दुर्गा गौतम सजना शाक्य, एलिना खड्की लगायतका सम्पूर्ण शिक्षकहरुले एक हप्तासम्म खेल व्यवस्थापनमा सहजीकरण भूमिका खेल्नुभयो।

कार्यक्रमको औचित्यबारे बोल्दै भाइस प्रिन्सिपल तेजप्रसाद भण्डारीले आफ्नो मन्तव्य राख्नुभयो । समापन तथा पुरस्कार वितरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्राचार्य श्री बाबुराम गौतमले खेलको महत्व र खेल जीवनले शिक्षा तथा सिकाइमा कस्तो भूमिका खेल्छ र खेलले सिकाइलाई पनि कसरी प्रभावकारी बनाउँछ भन्ने कुरा व्यक्त गर्नुभयो। साथै खेलकुद ले व्यक्तित्व विकास अनुशासन धैर्यता तथा टिम बिल्डिङ कसरी गर्ने र टिम बिल्डिङको महत्व के छ भन्ने कुरा दर्शाउने कुरा उहाँले प्रष्ट पार्नुभयो।

करिब १० दिनदेखि सञ्चालित खेलकुद कार्यक्रममा प्रथम द्वितीय र तृतीय गरी जम्मा ११३५ मेडल, ट्रफी तथा सर्टिफिकेट विभिन्न विधामा विद्यार्थीलाई वितरण गरिएको थियो। खेलकुद सप्ताहमा उत्कृष्ट सदन, उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी, पङ्चुअल खेलाडी, लगायत विभिन्न पुरस्कारहरू पनि वितरण गरियो।

रोचक खेलहरुमा फुट्सल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबल, रुमाल लुकाई, लङ् रेस, सट् रेस म्याथमेटिकल रेस जस्ता बौद्धिक तथा शारीरिक खेलहरुलाई सहभागी गराइएको थियो। रातो, निलो, हरियो र पहेलो सदन बनाएर सदनात्मक प्रतियोगिता सम्पन्न गरिएको छ।

पुरस्कार वितरण कार्यक्रममा यस शैक्षिक सत्र २०८१ मा सम्पन्न सम्पूर्ण सिसिए तथा इसिए कार्यक्रमहरूको पनि यसै पुरस्कार वितरण समारोहमा पुरस्कार वितरण गरिएको छ। पुरस्कार वितरण कार्यक्रममा पुरस्कार वितरण गर्न बाँकी विद्यार्थीहरूका मेडल तथा सर्टिफिकेट भोलि श्रीपञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा विद्यार्थी भाइबहिनीहरूलाई वितरण गरिनेछ प्राचार्य बाबुराम गौतमले बताउनुभयो।

पछिल्लो समय स्थानीय समुदाय तथा अभिभावकहरूले अत्याधिक रुचाउनु भएको द सनसाइन स्कुल/कलेजले विभिन्न खालका AI Programme तथा Disital Programme सञ्चालन गर्दै आएको छ। आफूलाई पुर्ण स्मार्ट स्कुलको रुपमा प्रस्तुत गर्न सफल सनसाइन विद्यालयले शैक्षिक सत्र २०८२ को भर्ना कार्यक्रम भव्य रुपमा तयारी गरेको छ।

विद्यालय व्यवस्थापन समितिले सरस्वती पूजा तथा अक्षरारम्भको कार्यक्रम साथै नयाँ भर्ना कार्यक्रम तयारी भव्यताका साथ गरेको कुरा प्राचार्य गौतमले जानकारी गराउनुभयो। NCC Board of UK,
बेस्ट डिजी स्कुल करिकुलम, Smaterr learning app, bright school software जस्ता एकेडेमिक पार्टनरहरूको सहयोगमा यस विद्यालयले आफ्नो पठनपाठनलाई अगाडि बढाइरहेको छ। जुन पछिल्लो समयमा अत्याधिक रुचाइएका विषयवस्तुहरू हुन्।
