Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिभुवन बिश्वबिधालय

त्रिवि अन्तरगत सबै परीक्षा अब सीसी क्यामेराको निगरानीमा !

त्रिवि अन्तरगत सबै परीक्षा अब सीसी क्यामेराको निगरानीमा !

  • 708
    SHARES

  • त्रिवि अन्तरगत सबै परीक्षा अब सीसी क्यामेराको निगरानीमा !

    काठमाडौं , त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालन हुने हरेक परीक्षा अबदेखि सीसी क्यामेराले निगरानी गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै विश्वविद्यालय अन्तर्गतकाे सम्पूर्ण कलेज तथा परिक्षा संचालन हुने ( परिक्षा केन्द्र ) विद्यालयलाई यसबारे जानकारी गराएकाे छ ।

    साे सूचना अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा सञ्चालन हुने वार्षिक परिक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रले आगामी चैत २० गतेभित्र परीक्षा सञ्चालन हुने कक्षा, उत्तरपुस्तिका शिलबन्दी गर्ने कक्ष र प्रवेशद्धारमा सीसीटीभी राख्नुपर्ने छ ।

    सीसीटीभी राख्दा सम्पूर्ण दृश्य आउने गरी कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने हुनुपर्छ । त्यसरी राखिएको सीसी क्यामेरोको नियन्त्रण सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयले गर्नुपर्ने साे सूचनामा उल्लेख छ ।

    सीसीटीभी नराखेकाे खण्डमा त्यस्ताे परीक्षा केन्द्रलाई आगामी परीक्षा सञ्चालन गर्न नदिइने समेत तयारी गरिएकाे छ । यो संगै त्रिभुवन बिश्वबिद्यालय अन्तरगत सम्पूर्ण परिक्षा हरु मर्यादित र ब्यबस्तित हुने बिश्वास लिइएकोछ ।

    हेर्नुस सूचना सहित 

    154640518_5117202891687272_8839004219198974828_o.jpg

     

    images
    बुधवार, फाल्गुण १९ २०७७०८:३७:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार