Jul 27 2026 | २०८३, श्रावण ११ गते

रेडियण्ट स्कुलको वार्षिक खेलकुद सप्ताहको भब्य उद्घाटन

रेडियण्ट स्कुलको वार्षिक खेलकुद सप्ताहको भब्य उद्घाटन

  • 925
    SHARES

  • रेडियण्ट स्कुलको वार्षिक खेलकुद सप्ताहको भब्य उद्घाटन

    माघ, ३० गते/ काठमाडौ। नागार्जुन नगरपालिका ९ स्यूचाटरस्थित रेडियण्ट पब्लिक बोर्डिङ स्कुलको वार्षिक खेलकुद सप्ताह भब्य रुपमा उद्घाटन भएको छ। बुधबार करिब ८ सयभन्दा बढी विद्यार्थीहरुले बिशेष मार्चपास सहित स्थानिय टोल परिक्रमा गर्दै वार्षिक खेलकुद सप्ताहको भब्य उद्घाटन भएको हो।

    IMG_1854.JPG

    खेलकुद सप्ताहमा स्कुलका करिब ८ सयभन्दा बढी विद्यार्थीहरुले विभिन्न खेलहरुमा सहभागी जनाउने प्रिन्सिपल सुर्य बहादुर केसिले बताउनुभयो। खेलकुद सप्ताहमा फूटसल, बास्केटबल, बेडमिन्टन, टेबलटेनिस, चेस, टग अफ वार लगाएत बालबालिकाहरुले खेल्ने विभिन्न खेलहरु खेलाइने छन्।

    IMG_1766.JPG

    खेलकुदबाट शारीरिक बिकास साथसाथै मानसिक बिकासमा मद्दत पुर्याउनुका साथै खेलकुद गतिविधिहरूमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो सहकार्य, नेतृत्व विकास, आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुने विषयमा मद्दत पुग्ने प्रिन्सिपल केसिले बताउनुभयो । खेलले मानिसको जिवनमा सकारात्मक प्रभाव संगै जीवन निर्वाह गर्न समेत सघाउ पुर्‍याउने भएकोले खेललाइ व्यावसायिक रुपमा स्थापित गर्न स्कुल/ कलेजले खेल आयोजना गरेको प्रिन्सिपल केसिको भनाई छ।  

    IMG_1858.JPG

    खेलकुद उद्घाटन समारोह स्कुलको कार्यक्रम प्रमुख वर्षा कुमारी आचार्यले संचालन गर्नुभयो। भने खेलकुद उद्घाटन समारोहमा नागार्जुन नगरपालिका वडा नम्बर ९ का सदस्य लक्षमण बुढाथोकी, विद्यालयका संस्थापक अध्यक्ष डा. लक्षमणसिंह कुँवर , कोर्डिनेटर दिलिप कार्की , आइटि प्रमुख विनोद कार्की , भाइस प्रिन्सिपल सुभद्रा कँवरको उपस्थिती रहेको थियो। खेलकुद सप्ताह फागुन ५ गते पुरस्कार वितरण गर्दै समापन गर्ने प्राचार्य सुर्य बहादुर केसिले बताउनुभयो।

    IMG_1849.JPG

    IMG_1814.JPG

    IMG_1787.JPGIMG_1785.JPGIMG_1764.JPGIMG_1801.JPG

    images
    बुधवार, माघ ३० २०८१०६:४७:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार