शनिवार, फाल्गुण ३ २०८१
फागुन, ३ गते/ काठमाडौ । एभरेस्ट इनोभेटिभ कलेज (इआइसी /EIC) ले वार्षिक रुपमा गरिदै आएको खेलकुद कार्यक्रमहरुको पुरस्कार वितरण गरेको छ। शुक्रवार कार्यक्रमका बीच कलेजले एक भब्य कार्यक्रम आयोजना गर्दै गत पौष महिनामा संचालन गरेको Anual Sports Meet- 2081 को पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो।

एभरेस्ट इनोभेटिभ कलेजका अध्यक्ष शंकर दुलालको सभापतित्वमा र प्रमुख अतिथि महानगर श्रोत व्यक्ति लक्ष्मी पौडेल रहनुभयो। कलेजको प्राङ्गणमामा गरिएको उक्त पुरस्कार वितरणको औपचारिक कार्यक्रममा झन्डै २०० वटा पुरस्कार बितरण गरिएको थियो।

पुरस्कार बितरण कार्यक्रममा बिद्यालयले पौष महिनामा संचालन गरेको बास्केटबल, फूटसल ,टेबलटेनिस ,चेस ,क्रीकेट, भलिबल, डिजिटल गेम PUBG, Mobile legend, Free Fire जस्ता खेलहरुमा बिजय हुने विद्यार्थीहरुलाई सम्मान स्वरुप मेडल र प्रमाणपत्र वितरण गरेको थियो।

बिजेता खेलाडिहरुलाई शुभकामना दिदै प्रशासन प्रमुख रामप्रसाद पौडेलले खेलाडीहरुको सफलतामा खुशी हुँदै अर्को पटक पनि आफू बिजय हुनुपर्ने कुरामा समेत ध्यान दिनुपर्छ, जसको लागि निरन्तर अभ्यास गरिराख्नु पर्ने धारणा व्यक्त गर्नुभयो।
मन्तव्यकै क्रममा इआइसीका CEO हरिप्रसाद काफ्लेले खेलकुदले मानिसको सर्वाङिण बिकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै खेलकुदमा बिजेता तथा सहभागी सबै खेलाडीहरुलाई बधाई तथा शुभकामना दिनुभयो ।
कार्यक्रमका सभापति शंकर प्रसाद दुलाल खेलकुदमा सहभागी जनाएर पुरस्कार पाउने विद्यार्थीहरुलाई आगामी दिनको सफलताको शुभकामना साथै हार्दिक बधाइ दिएर कार्यक्रमको समापन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विभिन्न ब्याचका टपर विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा EIC का CEO हरि प्रसाद काफ्ले, प्रशासन प्रमुख राम प्रसाद पौडेल, क्याम्पसका प्रिन्सिपल दिपक कुमार झा, डाइरेक्टर मनोज श्रेष्ठ, कोर्डिनेटर गोपाल प्रसाद दुलाल, सुदर्शन श्रेष्ठ, एकेडेमीक डाइरेक्टर धुर्व खड्का लगाएत कलेजका विभिन्न फ्याकल्टी कोर्डिनेटरहरु लगाएतको उपस्थिति रहेको थियो। भने उक्त कार्यक्रम विश्वविद्यालय कार्यक्रम संयोजक किशोर काफ्लेले संचालन गर्नुभयो।