मंगलवार, फाल्गुण ६ २०८१
फागुन ६ गते/ काठमाडौ। नागार्जुन नगरपालिका ९ स्यूचाटरस्थित रेडियण्ट पब्लिक बोर्डिङ स्कुलद्वारा आयोजित वार्षिक खेलकुद सप्ताह सम्पन्न भएको छ। सोमबार प्रतियोगिताको पुरस्कार वितरण गर्दै वार्षिक खेलकुद सप्ताह सम्पन्न भएको हो।

खेलकुद सप्ताहमा स्कुलका करिब ८ सयभन्दा बढी विद्यार्थीहरुले विभिन्न खेलहरुमा सहभागी जनाएका थिए। भने खेलकुद सप्ताहमा फूटसल, बास्केटबल, बेडमिन्टन, टेबलटेनिस, चेस, खोखो, क्यारेमबोर्ड, लगाएत विभिन्न खेलहरु खेलाइएका थिए।

खेलकुद सप्ताह अन्तर्गत अन्तर-सदनात्मक खेलकुदमा सबैभन्दा बढी खेलहरुमा बिजेता बन्दै र सबैभन्दा बढी नम्बर ल्याउदै रेड हाउसले बिजेता ट्रफी उचाल्यो। त्यस्तै खेलकुद सप्ताहमा बिजेता खेलाडीहरुले मेडल तथा प्रमाणपत्र प्राप्त गरे।

खेलकुदबाट शारीरिक बिकास साथसाथै मानसिक बिकासमा मद्दत पुर्याउनुका साथै खेलकुद गतिविधिहरूमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो सहकार्य, नेतृत्व विकास, आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुने विषयमा मद्दत पुग्ने प्रिन्सिपल केसिले बताउनुभयो ।

पुरस्कार वितरण तथा खेलकुद समापन समारोहमा नागार्जुन नगरपालिक वडा नम्बर ९ का अध्यक्ष रामकृष्ण भट्टराई प्रमुख आतिथिको रुपमा रहनुभयो। पुरस्कार वितरण कार्यक्रममा वडा सदस्य लक्षण बुढाथोकी, सञ्चालक समितिका अध्यक्ष प्रभाकृष्ण पौडेल, तार्क बहादुर कुवर, विद्यालयका संस्थापक अध्यक्ष डा. लक्षमणसिंह कुँवर , कोर्डिनेटर दिलिप कार्की , आइटि प्रमुख विनोद कार्की , भाइस प्रिन्सिपल सुभद्रा कँवरको उपस्थिती रहेको थियो।

प्रमुख अतिथी भट्टराईले खेलकुदमा सहभागी भई आफ्नो कौसलता देखाउन सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो।
खेलकुद समापन तथा पुरस्कार वितरण कार्यक्रम स्कुलको कार्यक्रम रमुख वर्षा कुमारी आचार्यले संचालन गर्नुभयो।




