Oct 03 2026 | २०८३, आश्विन १७ गते

बाढीपीडित राहतका लागि पेट्सानद्वारा ११ लाख ५९ हजारभन्दा बढी सहयोग

बाढीपीडित राहतका लागि पेट्सानद्वारा ११ लाख ५९ हजारभन्दा बढी सहयोग

  • 71
    SHARES

  • बाढीपीडित राहतका लागि पेट्सानद्वारा ११ लाख ५९ हजारभन्दा बढी सहयोग

    काठमाडौँ। सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (PETSAN) ले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहतका लागि रु. ११ लाख ५९ हजार ३५५ सहयोग गरेको छ।

    PETSAN ले संकलन गरेको उक्त सहयोग रकमको चेक अर्थ मन्त्रालयमा पुगेर सम्बन्धित सचिवलाई हस्तान्तरण गरिएको हो। बाढी तथा विपद्बाट प्रभावित परिवारको पीडामा साथ दिने उद्देश्यले संघले मानवीय सहयोग अभियान सञ्चालन गरेको जनाएको छ।

    संघका केन्द्रीय उपाध्यक्ष मेघराज दुलालका अनुसार PETSAN केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरू र सहयोगी सदस्य विद्यालयहरूको सहभागितामा उक्त रकम संकलन गरिएको हो। संकटको समयमा प्रभावित नागरिकलाई राहत र सहयोग उपलब्ध गराउने उद्देश्यले संघले आफ्नो तर्फबाट सहयोग गरेको उपाध्यक्ष दुलालले बताए।

    सहयोग रकम हस्तान्तरणपछि अध्यक्ष जे.एस. पौडेलले अभियानमा सहयोग पुर्‍याउने PETSAN केन्द्रीय कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू र सहयोगी सदस्य विद्यालयहरूप्रति आभार व्यक्त गरेका छन्। उनले विपद्को समयमा गरिने सहयोग रकमको आकारभन्दा मानवीय भावना र एकताको महत्व ठूलो हुने उल्लेख गर्दै शिक्षण संस्थाहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए।

    PETSAN ले विपद्का कारण समस्यामा परेका परिवारको पीडामा साथ दिनु सामाजिक तथा मानवीय दायित्व भएको जनाएको छ। संघले संकटको समयमा एकताबद्ध भएर प्रभावित समुदायको सहयोगमा जुट्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

    ‘संकटमा साथ, सेवामा एकता—यही हो हाम्रो पहिचान’ भन्ने सन्देशसहित PETSAN ले राहत अभियानमा सहयोग गर्ने सबै विद्यालय तथा सदस्यहरूलाई धन्यवाद दिएको छ।

    images
    शनिवार, आश्विन १७ २०८३१२:०३:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार