Jul 27 2026 | २०८३, श्रावण ११ गते

भारतको केआईआईटीमा समस्यामा परेका विद्यार्थीले पूर्वाञ्चलमा क्रेडिट ट्रान्सफर गर्न सक्ने

भारतको केआईआईटीमा समस्यामा परेका विद्यार्थीले पूर्वाञ्चलमा क्रेडिट ट्रान्सफर गर्न सक्ने

  • 1.1K
    SHARES

  • भारतको केआईआईटीमा समस्यामा परेका विद्यार्थीले पूर्वाञ्चलमा क्रेडिट ट्रान्सफर गर्न सक्ने

    फागुन, ९ गते/ काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयले भारतमा समस्या परेर फर्केका विद्यार्थीले क्रेडिट ट्रान्सफर गर्न सक्ने जानकारी दिएको छ।

    विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले भारतको ओडिसा राज्यमा रहेको कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआइटी) मा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएपछि उनीहरू नेपालमै पढ्न इच्छुक भएका खण्डमा पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने जानकारी दिएको हो।

    शिक्षा अध्ययनका लागि विभिन्न देशहरूमा गई अध्ययनरत नेपाली विद्यार्थीहरूले कुनै कारणबस आफ्नो अध्ययनलाई पूरा गर्न नसकी स्वदेशमै पूनः आफ्नो अध्ययनलाई निरन्तरता दिई पूरा गर्न चाहेमा विश्वविद्यालयले अध्यापन गराइरहेका विभिन्न शैक्षिक कार्यक्रमहरूसँग मिल्ने विषयहरूमा नेपाल सरकारको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरेको खण्डमा त्यस्ता विद्यार्थीहरूले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त स्कूल/क्याम्पस/कलेजमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरूमा पू.वि. प्राज्ञिक परिषद्‌ले निर्धारण गर्ने मापदण्ड बमोजिम क्रेडिट ट्रान्सफर (Credit Transfer) गरी अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने निर्णय भएको पूर्वाञ्चल विश्वविद्यालयले जारी गरेको सुचनामा उल्लेख छ।

    FB_IMG_1740146971998.jpg

    विद्यार्थीहरुलाई अध्ययनको लागि समस्या नहोस भनेर उक्त निर्णय गरेको जनाएको छ। प्रकृति लम्सालको मृत्यु प्रकरणमा नेपाली विद्यार्थीले आन्दोलन गरेको भन्दै केआईआईबाट विश्वविद्यालयबाट निकालिए पछि नेपाल फर्किएका तथा नेपाल आएर पढ्न चाहेका विद्यार्थीहरूलाई पढाईमा समस्या नहोस भनेर क्रेडिट ट्रान्सफर गरे पूर्वाञ्चल विश्वविद्यालयका जुनसुकै आंगिक वा सम्बन्धन प्राप्त कलेजमा पढ्ने व्यवस्था मिलाइने उपकुलपति डा. बिजु थपलियाले बताए ।

    उनले शिक्षा मन्त्रालयले सहजिकरण गरेर प्रक्रिया पुरा गरे क्रेडिट ट्रान्सफर ल्याउने विद्यार्थीलाई उनिहरूको सहजतामा पायक पर्ने आंगिक कलेज वा सम्बन्धन प्राप्त कलेजमा पढ्न सक्ने व्यवस्था गर्न सकिने निर्णय गरिएको बताए ।

    उनले भने ‘विद्यार्थीले नेपालमै पढ्न चाहन्छन् र उताको विश्वविद्यालयले विद्यार्थीलाई क्रेडिट ट्रान्सफर गरिदिएको खण्डमा पूर्वाञ्चलमा पढ्न सक्ने निर्णय गरेका छौँ । त्यसका लागि प्रक्रिया पुरा गर्न शिक्षा मन्त्रालयले समन्वय गरिदिनु पर्छ । यसका लागि शिक्षा मन्त्रीलाई भनिसकेका छौँ । विद्यार्थीलाई पढ्नबाट वञ्चित गर्दैनौं । विश्वविद्यालयको कोटा अनुसार व्यवस्था गर्छौ ।’

    ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तोय नारायण पौडेलले नेपालका विश्वविद्यालय तथा कलेजमा केआईआईटीसँग धेरै कोर्स मिल्ने भएकोले नेपालमै पढ्न चाहाने विद्यार्थीलाई कलेजहरूमा पढाउन कुनै समस्या नभएको जानकारी दिए । उनले विश्वविद्यालयले गरेको निर्णय अनुसार प्रक्रिया पुरा गरेर आएका विद्यार्थीलाई पढाउन सकिने र त्यसका लागि शिक्षा मन्त्रालयले समन्वय गर्नुपर्ने धारणा राखे ।

    images
    शुक्रवार, फाल्गुण ९ २०८१०८:२३:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार