Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटी: एक विषय मौका परीक्षाको आवेदन फाराम खुला

सिटिइभिटी: एक विषय मौका परीक्षाको आवेदन फाराम खुला

  • 647
    SHARES

  • सिटिइभिटी: एक विषय मौका परीक्षाको आवेदन फाराम खुला

    फागुन, १६ गते काठमाडौ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), परीक्षा नियन्त्रण कार्यालयले एक विषय मौका परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ । परिषद् अन्तर्गत सञ्चालित वार्षिक परीक्षा प्रणाली तर्फ डिप्लोमा तथा प्रमाणपत्र तहका सम्पूर्ण कार्यक्रमहरूको र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम समेतका लागि परीक्षा आवेदन खुला गरेको हो ।

    २०८१ फागुन १६ गतेसम्म प्रथम र दोस्रो वर्ष उत्तीर्ण भई तेस्रो वर्षको नियमित तर्फको नतिजामा कुनै एक विषय मात्र अनुत्तीर्ण भएका परीक्षार्थीहरूका लागि परीक्षा सम्बन्धी विनियमावली, २०७१ बमोजिम सैद्धान्तिक एक विषयको मौका परीक्षा २०८२ साल वैशाख महिनामा सञ्चालन हुने जनाएको छ ।

    उक्त परीक्षामा सहभागीताका लागि सम्बन्धित परीक्षार्थीहरूले २०८१ साल चैत्र ०३ गते भित्र नियमित शुल्क र २०८१ साल चैत्र १० गते भित्र विलम्ब शुल्कमा सम्बन्धित शिक्षालयहरूमा परीक्षा आवेदन फाराम भरी बुझाउन सक्नेछन् ।

    FB_IMG_1740706280132.jpg

    images
    शुक्रवार, फाल्गुण १६ २०८१०७:२७:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार