Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविको स्ववियु निर्वाचन कार्यतालिका: आज संगठन दर्ता

त्रिविको स्ववियु निर्वाचन कार्यतालिका: आज संगठन दर्ता

  • 602
    SHARES

  • त्रिविको स्ववियु निर्वाचन कार्यतालिका: आज संगठन दर्ता

    फागुन, १९ गते/काठमाडौँ। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो।

    तालिका आज संघ/संगठन/समूह दर्ताको कार्यक्रम राखिएको छ। निर्वाचन हुने क्याम्पसहरूमा दर्ता गरिनेछन् । त्यसका लागि सङ्ग सङ्गठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्नेछ ।

    आधिकारिक २ जनाको नमुना हस्ताक्षर सहित आफ्नो सङ्घ सङ्गठनको समिति र कमिटीको नामावली उल्लेख गर्नुपर्नेछ ।

    आधिकारिक हस्ताक्षर प्रयोग गर्ने दुई जनाको विद्यार्थी परिचय पत्र पेस गर्नु पर्नेछ । त्यस्तै सङ्घ, सङ्गठन र समूहको केन्द्रीय समिति भए केन्द्रीय अध्यक्ष/सभापति/संयोजकरप्रमुखको पत्र सहित नाम र फोनम्बर समेत अनिवार्य उल्लेख गर्नुपर्नेछ । समूह दर्ता गर्ने भएमा संयोजक सहित ११ जनाको नाम र विद्यार्थी परिचयपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्नेछ ।

    स्ववियु निर्वाचन तालिका बारे बिस्तृत यहाँ उल्लेख छ।

     

    images
    सोमवार, फाल्गुण १९ २०८१०९:४५:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार