सोमवार, फाल्गुण १९ २०८१
काठमाडौं । भारतीय संस्था ‘द नलेज नेटवर्क’ ले काठमाडौंमा बिना अनुमति ‘कन्फरेन्स’ गर्न लागेको भन्दै उक्त कार्यक्रम रोक्न शिक्षा मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।
‘द नलेज नेटवर्क’ नामकको भारतीय संस्थाले काठमाडौं स्थित होटल मेरियटमा आज गर्न लागेको ‘१५औं इन्टिट्युट एण्ड कन्सल्टेन्स कन्फरेन्स’ लाई रोकेर कारबाही गर्न मन्त्रालयले अनुरोध गरेको हो ।
‘उक्त संस्थाले मन्त्रालयबाट शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ बमोजिम अनुमति समेत नलिएको हुँदा भारतका शिक्षण संस्थामा विद्यार्थी पठाउन गरिने परामर्श सम्बन्धी कार्यलाई रोक्न अनुरोध छ,’ पत्रमा भनिएको छ ।
