Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित

  • 1.2K
    SHARES

  • सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित

    फागुन, २५ गते/कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भएका छन्। आइतबार प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल गर्ने विद्यार्थी दीक्षित भएका हुन्।

    FB_IMG_1741530677836.jpg

    दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताए। उनले गेट मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गरे। यस्तै डडेल्धुराको परशुराम क्षेत्र जोड्ने पुलसँगै सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि आफू पहिले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग कुरा उठाएको जनाउँदै उनले त्यस क्षेत्रमा पक्की पुल निर्माणका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे।

    प्रधानमन्त्रीले हुलाकी राजमार्ग, दैजी छेला औद्योगिक क्षेत्र, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण पनि चाँड प्रारम्भ हुनेर सुक्खा बन्दरगाह बनाउन भारत सरकारसँग छलफल जारी रहेको समेत जानकारी दिए।

    images
    आइतवार, फाल्गुण २५ २०८१०९:१८:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार