Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्ववियु अपडेट: मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघको प्यानल बिजयी ।

स्ववियु अपडेट: मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघको प्यानल बिजयी ।

  • 416
    SHARES

  • स्ववियु अपडेट: मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघको प्यानल बिजयी ।

    सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको केन्द्रिय क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघक्क प्यानल निर्वाचित भएको छ ।

    नेपाल विद्यार्थी संघका उम्मेदवार विवेक खड्काले एक हजार एक सय ८८ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै सचिवमा नेविसंघका भुपेन्द्र आचार्यले १ हजार ३ सय ९६ मत ल्याएर निर्वाचितभएका छन्।

    उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका जगतजंग शाहिले ९०८ मत ल्याएका छन्। सचिवमा प्रतिद्वन्द्वी भुपेन्द्र भण्डारीले ७ सय ९ मत प्रप्त गरेका छन्।

    यसैगरी कोषाध्यक्षमा लोकप्रसाद रिजालले १ हजार २सय ५५ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिसपर्धी बिक्रमसिह मन्दिरले ८ सय ९३ मत प्राप्त गरेका छन्। त्यसैगरी सदस्यमा नेविसंघका गण्श थापा, निसान्त शाही, प्रकास सिंह, प्रतिक्षा थापा, विकासकुमार थापा, विष्णुराज थापा र शिवराज ढकाल निर्वाचित भएका छन ।

    विश्वविद्यालयमा १९ सदस्यीय कार्यसमिति चयन हुनेछ । चैत १८ गते भएको निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० जना प्रत्यक्ष र ९ जना समानुपातिक गरी १९ जनाको कार्यसमिति रहनेछ ।

    स्ववियु अध्यक्षमा यसपटक सात भ्रातृ सङ्गठन र एक स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका थिए । त्यस्तै स्ववियुको सचिवमा पदमा ७ जना, कोषाध्यक्ष पदमा ६ जना र सदस्य पदमा ३२ जनाको उम्मेदवारी परेको थियो ।

     

    images
    बुधवार, चैत्र १९ २०८१०७:४९:२४

    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    सम्बन्धित समाचार