Jul 27 2026 | २०८३, श्रावण ११ गते

उत्तरपुस्तिका परीक्षणमा सहयोग गरिदिनुहुन शिक्षकलाई बोर्डको अपिल ।

उत्तरपुस्तिका परीक्षणमा सहयोग गरिदिनुहुन शिक्षकलाई बोर्डको अपिल ।

  • 2.1K
    SHARES

  • उत्तरपुस्तिका परीक्षणमा सहयोग गरिदिनुहुन शिक्षकलाई बोर्डको अपिल ।

    काठमाडौ। राष्ट्रिय परीक्षा बोर्डले एसईई परिक्षाको उत्तरपुस्तिका परीक्षणमा सहयोग गरिदिनुहुन अपिल गरेको छ। बोर्डले एक बिज्ञपति जारी गर्दै यस्तो अपिल गरेको हो।

    बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थीको नतिजा प्रकाशनमा एक दिन मात्रको ढिलाइले उनीहरूको जीवनको महत्त्वपूर्ण अवसर गुम्न सक्ने, उत्तरपुस्तिका परीक्षण जस्ता कार्य विज्ञ शिक्षकबाहेक अरूबाट हुन नसक्ने र नतिजा प्रकाशनमा ढिला हुने भएकोले उत्तरपुस्तिका परीक्षण गरेर सहयोग गर्न अपिल गरेको छ ।

    बोर्डले भनेको छ, ' नेपालको संविधानले विद्यालय शिक्षालाई विद्यार्थीको अधिकारका रूपमा लिएको छ । शिक्षा प्रणालीको सफलता पाठ्यक्रमको सफल कार्यान्वयनमा निर्भर रहन्छ। यस प्रकियामा शिक्षकहरूको महत्त्वपूर्ण भूमिका हुनेमा दुई मत छैन । त्यसरी नै शिक्षकको पेसागत विकासको सम्मानपूर्ण सुनिश्चतताले सिकाइको गुणस्तर र विद्यार्थीको जीवनमार्ग निर्देश हुने कुरा पनि सर्वविदितै छ। अहिले एकातर्फ नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षा विधेयकलाई ऐनको रुपमा यथासिघ्र ल्याउनका लागि नेपाल सरकारसंग अपिल भइरहेको छ भने अर्कोतर्फ एसईई दिइसकेका विद्यार्थी समयभित्र नतिजा प्राप्तिको पर्खाइमा छन् । विद्यार्थीको नतिजा प्रकाशनमा एक दिन मात्रको ढिलाइले उनीहरूको जीवनको महत्त्वपूर्ण अवसर गुम्न सक्छ । उत्तरपुस्तिका परीक्षण जस्ता कार्य विज्ञ शिक्षकबाहेक अरूबाट हुन सक्दैन। यसका लागि राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरूकै सल्लाह र सुझावमा नतिजा प्रकाशनको कार्यतालिकासहित कार्ययोजना बनाई काम सुरु भइरहेको छ। त्यस्तै कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०८२ वैशाख ११ गतेदेखि शुरु हुँदैछ । कक्षा १२ का विद्यार्थीहरू उत्सुकताका साथ परीक्षाको पर्खाइमा छन् । उत्तरपुस्तिका परीक्षण तथा परीक्षा संचालन व्यवस्थापनमा शिक्षकहरूकै अहम् भुमिका रहन्छ । परीक्षाको उत्तरपुस्तिका परीक्षणमा हुने ढिलाइले विद्यार्थीले नतिजा प्राप्ति पछि पाउने अवसरमा प्रत्यक्ष असर पार्ने संवेदनशील पक्षमा प्रवुद्ध शिक्षकवर्ग जानकार नै हुनुहुन्छ। विगत समयदेखि शिक्षकहरूले नै विद्यार्थीको दक्षता र सिकाइ उपलब्धि परीक्षणको गहन जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। यो अत्यन्त गहन र सम्मानित कार्य पनि हो। शिक्षकहरूको पेसागत बढोत्तरी, पेसागत सुरक्षा तथा विद्यार्थीका आवश्यकता र अवसर दुवै प्राथमिक र संवेदनशील पक्ष हुन् । यस संवेदनशीलताभित्र आफ्ना माग तथा अपिलसँगै विद्यार्थीको भविष्यलाई समेत दृष्टिगत गरी उल्लिखित कार्यहरुको जिम्मेवारी सदाझै वहन गरी सहयोग पुऱ्याई दिनुहुन नेपाल शिक्षक महासङ्घ तथा सम्पूर्ण शिक्षकहरूसँग हार्दिक अनुरोध गरिन्छ ।'

    FB_IMG_1744381306835.jpg

    images
    शुक्रवार, चैत्र २८ २०८१०८:१२:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार