शनिवार, बैशाख ६ २०८२
काठमाडौ। अथर्व बिजनेस कलेजले दुइजना प्राध्यापकहरुलाई अभिनन्दन गरेको छ। शुक्रबार Faculty Development गोष्ठी आयोजना गरि कलेजले दुई बिधामा Ph.D. र Pdf. गरेका दशरथ न्यौपाने र नेपालकै पहिलो हेल्थ केयर मेनेज्मेन्ट अन्तर्गत Disaster Management मा Ph.D. गर्ने होम प्रसाद अधिकारीलाई अभिनन्दन गरेको हो।

उक्त गोष्ठीमा कलेजले शिक्षाको गुणस्तर सुधार, नतिजा सुधार, शैक्षिक क्यालेन्डरमा सुधार जस्ता बिषयमा समेत बृहत अन्तरक्रिया गरेको छ। त्यस्तै विद्यार्थीहरूको Academic excellency बढाउनको लागी Workshop, इन्डस्टरियल भिजिट, फिल्ड भिजिट, प्रोजेक्ट वर्क, इन्टर्नसिप, Methodology, Case Analysis लगाएत बिबिध कार्यक्रममा सहभागी गराउने निर्णय गरेको छ।

उक्त गोष्ठीमा शिक्षकहरुले शैक्षिक सुधार गर्ने बिषयमा आ-आफ्नो धारणाहरु राखेका थिए।
गोष्ठीमा अथर्व कलेज प्रिन्सिपल डा. हिरालाल श्रेष्ठले Methodology ब्यबस्थित गर्न Non Credit कोर्सहरुमा जोड दिने बताउनुभयो। साथै अथर्व विजनेश कलेजका विद्यार्थीहरुको Result अझै राम्रो बनाउनको लागि विद्यार्थी केन्द्रित शैक्षिक क्रियाकलापमा जोड दिने बताउनुभयो।
त्यस्तै कार्यक्रममा कलेजका एकेडेमीक डाइरेक्टर सुवास अधिकारीले पोखरा विश्वविद्यालयका कलेजहरुमध्ये अथर्व बिजनेश कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक हबको रुपमा बिकास भएको र त्यसलाई अझ बढी ब्यबस्थित र बिश्वबजार संग जोड्ने योजना रहेको बताउनुभयो।

गोष्ठीमा डा. होम प्रसाद अधिकारीले हेल्थ केयर मेनेज्मेन्टमा अथर्व बिजनेश कलेज नेपालमै सर्वोकृष्ट भएको भएको बताउनुभयो।
उक्त गोष्ठीमा अनुसन्धानकर्ता डा. दशरथ न्यौपानेले अथर्वका हरेक विद्यार्थीहरु अनुसन्धानमा लागेको र नेशनल, इन्टरानेसन Journal मा आर्टिकल प्रकाशित भईसकेको र उनिहरु अनुसन्धानमा अझै बढी तल्लिन रहेको बताउनुभयो । साथै अनुसन्धान सम्बन्धी विभिन्न कार्यक्रमहरु कलेजमा गरेको कुरा जानकारी गराउनुभयो।
उक्त गोष्टिमा अथर्व कलेजमा अध्यापन गर्ने सम्पुर्ण प्राध्यापकहरुको उपस्थिति रहेको थियो।