शुक्रवार, बैशाख १२ २०८२
काठमाडौ। नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सर्वोच्चको आदेश शिक्षक हठका बिरुद्ध भएको अभिव्यक्ति दिएका छन। सामाजिक संजाल फेसबूकमा लेख्दै महासचिव पोख्रेलले सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनवाट जारी गर्दछौ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरुको हठका विरुद्धमा भएको बताएका हुन्।
उनले भनेका छन, हो आदेस त सरकारलाई हो । तर चिन्ता विद्यालय वन्द भएको कुरा प्रति हो । त्यसमाथि सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनवाट जारी गर्दछौ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरुको हठका विरुद्धमा हो ।'
अव हठ त्यागेर अनौपचारिक रुपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरुलाई विद्यालय फर्काउने वातावरण तयार गरौ महासचिव पोख्रेलले फेसबूकमा लेखेका छन्।
