बुधवार, बैशाख २४ २०८२
काठमाडौं । भारतले पाकिस्तानको कश्मीर र पंजाबका भूभागमा गरेको सैन्य अपरेसन पश्चात भारत तथा पाकिस्तानले कश्मीरलगायत विभिन्न स्थानका शैक्षिक संस्थाहरू बन्द गर्ने घोषणा गरेका छन् ।
भारतको हमलापछी पाकिस्तानको इस्लामावाद र पञ्जाब प्रदेशमा शिक्षण संस्थाहरू बन्द गरिएका छन् भने परिक्षाहरु स्थगित भएको छन। त्यस्तै भारत नियन्त्रित कश्मीरको जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै विद्यालय, कलेज र शैक्षिक संस्थाहरू बन्द रहने घोषणा गरेका छन् ।
भारतीय हमलाबाट ३ जना बालबालिकाको मृ,त्यु भएको प्रारम्भिक आँकडा छ।
गत महिना भारतको कश्मीरको पहलगाममा २६ जना पर्यटकको ज्यान लिने गरी भएको आतंककारी हमलाको प्रतिकारमा भारतले गएराति पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका नौ स्थानमा मिसाइल प्रहार गरेको बताएको छ ।