Jul 27 2026 | २०८३, श्रावण ११ गते

क्याम्ब्रिजमा हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा नेपालका राजन श्रेष्ठ चयन

क्याम्ब्रिजमा हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा नेपालका राजन श्रेष्ठ चयन

  • 518
    SHARES

  • क्याम्ब्रिजमा हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा नेपालका राजन श्रेष्ठ चयन

    काठमाडौं, २५ वैशाख २०८२ (May 8, 2025) — क्याम्ब्रिज विश्वविद्यालयमा आयोजना हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा नेपालका राजन श्रेष्ठ चयन भएका छन।

    नेपालका उदाउँदा युवा नेतृत्वकर्ता तथा समाजिक अभियन्ता राजन श्रेष्ठलाई युनिभर्सिटी अफ क्याम्ब्रिज, बेलायतको क्लेयर कलेजमा २०२५ अगस्ट २६ देखि ३० सम्म सञ्चालन हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा आंशिक छात्रवृत्तिसहितको प्रतिनिधि (Partially Funded Delegate) को रूपमा चयन गरिएको हो।

    IMG-20250508-WA0003.jpg

    श्रेष्ठको यस अन्तर्राष्ट्रिय उपलब्धिले नेपाली शिक्षा तथा युवा नेतृत्व क्षेत्रका लागि गौरवको विषय बनेको छ। उहाँले विश्वका विभिन्न देशका व्यवसायिक विशेषज्ञ, उद्यमी तथा नेतृत्वकर्ताहरूसँग अन्तरक्रिया गर्ने अवसर पाउनु नेपालको लागि उल्लेखनीय उपलब्धि मानिएको छ।

    ग्लोबल बिजनेस सिम्पोजियमद्वारा आयोजना गरिने यो कार्यक्रम नेतृत्व क्षमता अभिवृद्धि, संगठन व्यवस्थापन, रणनीतिक सोच र अन्तर्राष्ट्रिय सञ्जाल निर्माणमा केन्द्रित छ। सहभागीहरूले विभिन्न कार्यशाला, प्रशिक्षण तथा नेटवर्किङ सत्रमार्फत ज्ञान र अनुभव साटासाट गर्नेछन्।

    IMG-20250508-WA0000.jpg

    आयोजक संस्थाले पठाएको आधिकारिक सूचनामा श्री श्रेष्ठको “क्षमता, सामाजिक योगदान, नेतृत्व कौशल र दीर्घकालीन लक्ष्यहरू”ले उहाँलाई छनोटमा विशेष स्थान दिलाएको उल्लेख गरिएको छ।

    प्रतिनिधिका रूपमा उहाँले सामाजिक सञ्जालमार्फत प्रचार सामग्री तयार गर्नुका साथै कार्यक्रममा सहभागिता पश्चात भिडियो तथा लिखित प्रतिवेदन पेस गर्नुपर्नेछ। साथै, उहाँले प्राप्त ज्ञानलाई आफ्ना परियोजना वा नेतृत्विक क्रियाकलापहरूमा लागू गरी त्यसको प्रभावलाई अभिलेख सहित प्रस्तुत गर्नुपर्नेछ।

    कार्यक्रममा सहभागी हुनका लागि आवश्यक भिसा प्रक्रिया उहाँ आफैले पुरा गर्नुपर्नेछ भने आयोजक संस्थाले औपचारिक निमन्त्रणापत्र तथा कार्यक्रम कार्यतालिका प्रदान गर्नेछ। सहभागिता पुष्टि गर्ने अन्तिम मिति २०२५ मे १५ तोकिएको छ।

    IMG-20250508-WA0002.jpg

    श्री राजन श्रेष्ठको यो उपलब्धिले नेपाली युवाको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाएको छ। उहाँको सक्रियता, दृष्टिकोण र प्रतिबद्धताले नेपालको भविष्य नेतृत्व पुस्तालाई प्रेरणा दिने विश्वास गरिएको छ।

    images
    बिहिवार, बैशाख २५ २०८२०८:५९:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार