Oct 03 2026 | २०८३, आश्विन १७ गते

परिक्षामा मोबाइलको प्रयोग गरेको पाइएमा सम्पुर्ण विषयको परीक्षा रद्द हुने- बोर्ड

परिक्षामा मोबाइलको प्रयोग गरेको पाइएमा सम्पुर्ण विषयको परीक्षा रद्द हुने- बोर्ड

  • 719
    SHARES

  • परिक्षामा मोबाइलको प्रयोग गरेको पाइएमा सम्पुर्ण विषयको परीक्षा रद्द हुने- बोर्ड

    बैशाख, २६ गते/ काठमाडौ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परिक्षामा मोबाइलको प्रयोग गरेको पाइएमा सम्पुर्ण विषयको परीक्षा रद्द हुने बताएको छ। बोर्डले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

    २०८२ साल वैशाख २१ गतेबाट सञ्चालन भइरहेको कक्षा १२ को वार्षिक परीक्षामा परीक्षा हलभित्र मोवाइल फोन, स्मार्ट घडी लगायतका इलेक्ट्रोनिक्स डिभाइस लैजान पूर्णरुपमा निषेधित गरिएको व्यहोरा यस अघि नै सूचित गरिएकोमा केही परीक्षा केन्द्रहरुमा मोबाइलको प्रयोग गरेको पाइएकोले त्यस्ता मोवाइलहरु जफत गरी सम्बन्धित परीक्षार्थीको परीक्षा रद्द गरिएको जानकारी बोर्डले जनाएको छ।

    साथै परीक्षाको मर्यादा विपरीत मोवाइल फोन लगायतका निषेधित इलेक्ट्रोनिक्स डिभाइस परीक्षाहलमा नलैजान सूचित गर्दै सूचनाको अवज्ञा गरेको पाइएमा सम्पूर्ण विषयको परीक्षा रद्द हुने बताएको छ।

    यसै सन्दर्भमा मिति २०८२ साल वैशाख २५ गते सञ्चालित कक्षा १२ को परीक्षामा परीक्षाको मर्यादा विपरीत कार्य गरेको पाइएकोले साइपल एकेडेमी मा.वि. सुकेधारा काठमाडौं (केन्द्र नं. १५३४) का केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई निष्काशन गरी नयाँ केन्द्राध्यक्ष तोकेको छ।

    FB_IMG_1746752759381.jpg

    images
    शुक्रवार, बैशाख २६ २०८२०७:१०:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार