आइतवार, जेठ ५ २०८२
त्रिभुवन विश्वविद्यालयले विभिन्न अध्ययन संस्थान तथा सङ्कायहरूमा सञ्चालित स्नातकोत्तर तहका वार्षिक एवं सेमेस्टर प्रणाली अन्तर्गतका कार्यक्रमहरूमा अध्ययन पुरा गरी परीक्षा समेत उत्तीर्ण गरिसकेका तर शोधपत्र बुझाउन बाँकी रहेका विद्यार्थीहरूलाई अन्तिम मौका दिने भएको छ ।
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको गत वैशाख २९ गते बसेको बैठकले गरेको निर्णयको आधारमा मानविकी तथा सामाजिक शास्त्र संकायका लागि यस्तो परिपत्र जारी गरिएको हो ।
परीक्षा उत्तीर्णलाई २०८२ पौष महिना भित्र र त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट २०८२ सालमा सञ्चालन हुने मौका परीक्षामा सहभागी हुने विद्यार्थीहरूको हकमा मौका परीक्षा सम्पन्न भएको अन्तिम मितिले ३ महिना भित्र थेसिस बुझाउन सक्ने गरी अन्तिम एक पटकका लागि अवसर उपलब्ध गराउन स्वीकृति दिइएको हो ।
