Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिद्यालय शिक्षा

कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित !

कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित !

  • 739
    SHARES

  • कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित !

    काठमाडौ - कक्षा ११ को परिक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    बोर्डको आजको बैठकले परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम प्रमाणीकरण गरेको हो । यो वर्ष ०६५–०७६ सम्मका विद्यार्थीहरुका लागि विशेष प्राथमिकतामा राख्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को मौका परीक्षा सञ्चालन गरेको थियो ।

    कोभिड १९ का कारण कक्षा ११ को परीक्षा होम सेन्टरमा सञ्चालन गरिएको र परीक्षामा आंशिक (अक्षराङ्कनतफ) कूल १ लाख ५६ हजार ९६३ आशिक (अङ्कनतर्फ) १०२८७ परीक्षार्थी सम्मिलित थिए ।

    परीक्षामा दुई जना परीर्थाीको परीक्षा रद्द गरिएको बोर्डले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ भने अङ्कनतर्फ ७८.६३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको वेवसाइट र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ। नेपाल टेलिकमको १६०० मा NEBSymbol No. टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिनेछ।

    हेर्नुस सूचना सहित : FB_IMG_1615988609393.jpg

    images
    बुधवार, चैत्र ४ २०७७०९:०९:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार