Jul 27 2026 | २०८३, श्रावण ११ गते

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि

  • 498
    SHARES

  • यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडीको सहभागिता रहने छ ।जिल्ला-प्रदेश छनोट चरण पार गरी राष्ट्रिय खेलकुदमा ४ सय ७६ खेलाडी सहभागी हुन लागेका हुन् ।

    प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र-छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र-छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा छात्र-छात्रामा समान ६–६ तथा टेबलटेनिस र ब्याडमिन्टनमा छात्र-छात्रामा समान २–२ स्पर्धामा खेल हुनेछ । नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को सह–आयोजना तथा एक्सपर्ट एजुकेसन भिसा सर्भिसेसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कांस्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

    एथलेटिक्स र रग्बी त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बूढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा खेलाइने छ । क्रिकेट जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । बाँकी ५ खेल जेठ २५ देखि २६ गतेसम्म चल्ने छ ।

    सदस्य–सचिव घिसिङले प्रतियोगितालाई साथ दिने नेपालय, एक्सपर्ट, प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ, नेपाल विद्यालय खेलकुद महासंघ, सम्बन्धित खेलका राष्ट्रिय संघलगायत सम्पूर्ण प्रति आभार प्रकट गर्दै धन्यवाद दिए ।

    FB_IMG_1749269284690.jpg

    नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले राखेप, प्याब्सन, एनप्याब्सन र शिक्षक महासंघसंग सहकार्य गरी जुनियर प्रतियोगिताको विकासका लागि सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए । पत्रकार सम्मेलनमा राखेप कार्यकारी समितिकी सदस्य एवं प्रतियोगिता संयोजक रञ्जना प्रधान, प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवाल, एन प्याब्सनका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

    images
    शनिवार, जेठ २५ २०८२०९:५०:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार