Oct 02 2026 | २०८३, आश्विन १६ गते

बिएएलएलबि अध्ययनको लागि असार १ गतेबाट आवेदन खुल्ने ।

बिएएलएलबि अध्ययनको लागि असार १ गतेबाट आवेदन खुल्ने ।

  • 1.1K
    SHARES

  • बिएएलएलबि अध्ययनको लागि असार १ गतेबाट आवेदन खुल्ने ।

    जेठ, २७ गते/ काठमाडौँ। त्रिभुवन विश्वविद्यालय कानुन संकाय अन्तर्गत बी.ए.एलएल.बी.(B.A.LL.B.) तह प्रथम सिमेष्टर (२०८२) मा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम असार १ देखि खुल्ने भएको छ।

    त्रिवि कानून संकाय अन्तर्गतका आंगिक क्याम्पसहरु नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौंमा १६० सिट, पृथ्वीनारायण क्याम्पस, पोखरामा ८० सिट, बुटवल बहुमूखी क्याम्पस, बुटवलमा ७० सिट, महेन्द्र बहुमूखी क्याम्पस, बाँके, नेपालगञ्जमा ७० सिट, महेन्द्र बहुमुखी क्याम्पस, धरानमा ७० सिट र सम्बन्धन प्राप्त नेशनल ल कलेज, ललितपुरमा १२० सिट गरी जम्मा ५७० सिटका लागी आवेदन खुला गरेको हो।

    सिमेष्टर प्रणाली संचालन विनियम, २०७४ अनुसार बी.ए.एलएल.बी. तहमा सिमेष्टर प्रणालीद्वारा दश सिमेष्टर (५ वर्षे) कार्यक्रम अन्तर्गत प्रथम सिमेष्टरमा भर्ना हुन इच्छुक विद्यार्थीहरुको निमित्त शैक्षिक सत्र २०८२।०८३ का लागि मिति २०८२ असार ०१ गतेदेखि Online मार्फत प्रवेश परीक्षाको फाराम भर्न सकिने जानकारी दिएको छ।

    साथै बिस्तृत जानकारीका लागी www.fol.edu.np बाट प्राप्त गर्न सकिनेछ ।

    FB_IMG_1749519711128.jpg

    images
    मंगलवार, जेठ २८ २०८२०७:३५:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार