Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाली कविता लेखन कार्यशाला तथा स्थलगत कविता लेखन एवम् वाचन प्रतियोगिता सम्पन्न  

नेपाली कविता लेखन कार्यशाला तथा स्थलगत कविता लेखन एवम् वाचन प्रतियोगिता सम्पन्न  

  • 409
    SHARES

  • नेपाली कविता लेखन कार्यशाला तथा स्थलगत कविता लेखन एवम् वाचन प्रतियोगिता सम्पन्न  

    काठमाडौँ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौ महानगरको आयोजना नेपाली कविता लेखन कार्यशाला तथा स्थलगत कविता लेखन एवम् वाचन प्रतियोगिता सम्पन्न भएको छ।

    बिहीवार बिजेश्वरी स्थित द सनसाइन स्कुल/कलेजमा अन्तर-विद्यालय कविता लेखन कार्यशाला तथा स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको हो।

    कार्यक्रममा काठमाडौ महानगरपालिका बाट चुनिएर आएका २५ विद्यालयबाट प्रतियोगीहरु सहभागी रहेका थिए। प्रतियोगितामा कवि तथा साहित्यकार प्रा.डा.देवी नेपालले कविता कसरी लेख्ने भन्ने विषयमा ३ घण्टा प्रशिक्षण समेत दिनुभएको थियो।

    उक्त प्रतियोगितामा काठमाडौं कोलम्बस स्कुलका आरब तिमल्सिना प्रथम भएका छन । त्यसैगरी लिभरपुल स्कुलकी दृष्टि सत्याल दोश्रो , ज्ञानमन्दिर स्कुलकी सिम्रन बन तेस्रो भएकी छिन । त्यसैगरी स्वर्णिम स्कुलकी अस्मिता आचार्य र गङ्गा सेकेण्डरी स्कुलकी रियाना तामाङ्गले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

    प्रतियोगिता पश्चात् बोल्दै अध्यक्ष गगन सिंह ऐरले काठमाडौ महानगरले निजि तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उत्कृष्ट कविताहरु साहित्यकार प्रेम राईको नेतृत्व र देबि नेपालको गाइडेन्समा कविता संग्रह छापिने बताउनुभयो। साथै ऐरले नेपाली कविता लेखन मात्रै नभई अंग्रेजी कविता लेखन तथा वाचन प्रतियोगिता समेत आयोजना गर्ने बताउनुभयो।

    उक्त प्रतियोगिताले विद्यार्थीहरुमा सिर्जनात्मक क्षमताको बिकास हुने बिश्वास लिइएको छ। साथै कविता लेखन र वाचन बारे प्रशिक्षणले उनीहरूभित्र लुकेर रहेको अन्तर्निहित क्षमता प्रस्फुटन सघाउ पुर्‍याउने जनाइएको छ।

    उक्त प्रतियोगिता समारोह द सनसाईन स्कुल/कलेजका प्रिन्सिपल तथा महानगर सहसचिव बाबुराम गौतमको सभापतित्वमा साहित्यकार तथा प्याब्सन काठमाडौँ जिल्लाका पुर्व अध्यक्ष प्रेम राई 'परिक्षित'को प्रमुख आतिथ्यतामा सम्पन्न भयो। समारोहमा प्याब्सन काठमाडौ महानगरपालिकाका अध्यक्ष गगन सिंह ऐन, काठमाडौँ महानगर वडा १५ का इश्वर डंगोल, काठमाडौँ जिल्ला प्याब्सनका सहसचिव सुर्य आचार्य लगाएत महानगर प्याब्सनका पदाधिकारी, तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

    उक्त प्रतियोगितामा निर्णायकको रुपमा साहित्यकार  प्राज्ञ धीरेन्द्र प्रेमर्षि (कक्षा ९ को नेपाली पुस्तकमा रहेको 'सारङ्गीमा देश' कविताका लेखक) र  प्रखर युवाकवि तथा सशक्त वाचक  सविता बराल रहनुभएको थियो।

    उक्त कार्यक्रम संचालन काठमाडौँ महानगर प्याब्सनका सचिव आरसी भट्टले गर्नुभयो । समारोहमा त्रिभुवन विश्वविद्यालयका नेपाली बिभाग प्रमुख प्राध्यापक कृष्ण न्यौपानेलाई सम्मान गरिएको थियो।

    images
    शुक्रवार, जेठ ३१ २०८२०९:५१:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार