Jul 27 2026 | २०८३, श्रावण ११ गते

काष्ठमण्डप एसईई फूटसल टुर्नामेन्ट शुरु

काष्ठमण्डप एसईई फूटसल टुर्नामेन्ट शुरु

  • 1.7K
    SHARES

  • काष्ठमण्डप एसईई फूटसल टुर्नामेन्ट शुरु

    ४ असार। काठमाडौंको कलंकीस्थित नेपाल काष्ठमण्डप सेकेण्डरी स्कुल/कलेजले आयोजना गरेको एसईई फूटसल कप टुर्नामेन्ट शुरु भएको छ। आज र भोलि दुई दिनसम्म चल्ने उक्त टुर्नामेन्ट स्युचाटारको "हाम्रो" फूटसल मैदानमा शुरु भएको हो।

    IMG_0792~2.JPG

    उक्त प्रतियोगितामा टुर्नामेन्टको पुरस्कार राशी रु ५० हजार रहेको छ। जसमा प्रथम हुने टिमलाई रु ३० हजार र द्वितीय हुने टिमलाई रु.२० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्रको ब्यबस्था गरिएको छ।

    IMG_0808 (1).JPG

    फूटसल टुर्नामेन्ट उद्घाटन समारोहमा प्रिन्सिपल पेसल लुइटेलले स्वागत मन्तव्य राख्नुभयो। उहाँले खेल जीवनको अभिन्न अंग बनेको भन्दै पढाई संगसंगै खेललाई पनि लैजानुपर्ने बताउनुभयो ।विद्यार्थीका लागि खेल अति महत्वपूर्ण रहेको र यसले चौतर्फि बिकासमा निकै भुमिका निर्वाह गर्ने बताउनुभयो ।

    IMG_0789 (1).JPG

    उद्घाटन समारोहमा भाईस प्रिन्सिपल तथा खेल संयोजक ध्रुव रेग्मीले एसईई फुटसल कप टुर्नामेन्टमा प्रथम हुने टिमलाई कक्षा ११ मा पुर्ण छात्रवृत्ति (नि:शुल्क) मा भर्ना गर्ने जानकारी दिनुभयो । पढाइ जति जरुरी छ त्यतिनै खेलको पनि जरुरी रहेको भन्दै रेग्मीले खेलले मस्तिष्कको बिकास गर्न मद्दत गर्ने बताउनुभयो। साथै खेलकुद र पढाईलाई ब्यबस्थित रुपमा लिन सक्यो भने विद्यार्थीहरुको भविष्य अवस्य उज्वव हुने बताउनुभयो।

    IMG_0795 (1).JPG

    फूट्सल टुर्नामेन्ट उद्घाटन कलेजका सिइओ ऋषिराम कडेलले गमलामा पानी राखेर गर्नुभयो। उक्त कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल गिता न्यौपाने लगाएत शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

    फूटसल टुर्नामेन्टमा २६ वटा टिम सहभागी रहेका छन। भने भोलि क्वाटरफाइनल, सेमिफाइनल र फ

    IMG_0785 (1).JPGIMG_0812 (1).JPGIMG_0822 (1).JPGIMG_0959 (1).JPGIMG_0914 (1).JPGIMG_0899 (1).JPGIMG_0943 (1).JPG

    images
    बुधवार, आषाढ ४ २०८२०९:०२:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार