बिहिवार, आषाढ ५ २०८२
असार, ५ गते काठमाडौँ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक कार्यक्रमको परीक्षा आवेदन फारम खुला गरेको छ ।
परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, आयुर्वेद सामान्य चिकित्सा, अकुपन्चर, डेन्टल साइन्स (डेन्टल हाइजिन), अध्यात्मिक साइन्स, मिडवाइफरी, फार्मेसी, फिजियोथेरापी, योग एन्ड नेचुरोपैथी, फरेस्ट्री कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित तथा आंसिक एवं डिप्लोमा तह कृषि (बाली विज्ञान र पशु विज्ञान) को प्रथम, दोस्रो र तेही वर्षको आंशिक परीक्षाहरु भदौ महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम खोलेको हो ।
आवेदन फारम बुझाउनका लागि मिति २०८२ साल असार २५ गतेभित्र नियमित शुल्कमा र २०८२ असार २२ गतेभित्र विलम्ब शुल्कमा तोकिएको छ।
प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम दलित, मुस्लिम, लोपोन्मुख जातिअन्तर्गत वार्षिक परीक्षा प्रणाली अन्तर्गतका सामान्य चिकित्सा, नर्सिङ, फिजियोथेरापी, फार्मेसी, कृषि (बाली बिज्ञान र पशु विज्ञान) र फरेस्ट्री कार्यक्रमहरुको प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित तथा आशिक परीक्षा समेत सोही समयमा सञ्चालन हुने भएकाले माथि उल्लिखित मिति र समयमा आवेदन फाराम भर्नु/भराउनुहुन अनुरोध गरेको छ।
बिस्तृत जानकारीका लागि www.ctevtexam.org.np मा पनि हेर्न सकिनेला
