Oct 02 2026 | २०८३, आश्विन १६ गते

बी.ई./बी.आर्क. तहको भर्नाको लागि साउन १३ देखि आवेदन खुल्ने

बी.ई./बी.आर्क. तहको भर्नाको लागि साउन १३ देखि आवेदन खुल्ने

  • 888
    SHARES

  • बी.ई./बी.आर्क. तहको भर्नाको लागि साउन १३ देखि आवेदन खुल्ने

    असार, ८ गते/ काठमाडौँ। त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/ कलेजहरुमा शैक्षिक वर्ष २०८२।०८३ का लागि स्नातक (B.E./B.Arch.) तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि साउन १३ गते देखि प्रवेश परिक्षाको आवेदन दिन सकिने भएको छ।

    संस्थानले एक सुचना जारी गर्दै B.E./B.Arch. तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि प्रविधिको आधारमा कम्प्यूटर विधिमार्फत सञ्चालन हुने प्रवेश परीक्षाको फाराम मिति २०८२ असार १३ देखि आवेदन दिन सकिने जनाएको हो।

    इन्जिनियरिङ्ग अध्ययन संस्थान प्रवेश परीक्षाको वेबसाइट https://entrance.ioe.edu.np मा उपलब्ध हुनेछ र प्रवेश परीक्षा मिति २०८२।०५।०३ गते देखि सञ्चालन हुने जानकारी दिएको छ।

    साथै उक्त प्रवेश परीक्षा सम्बन्धी अन्य विस्तृत जानकारी मिति २०८२।०४।०१ गतेको गोरखापत्रमा प्रकाशन गरिनुका साथै माथि उल्लिखित Website मा पनि सोहि मिति देखि उपलब्ध गराइने सूचनामा उल्लेख छ।

    Screenshot_2025-06-22-07-36-36-56_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    आइतवार, आषाढ ८ २०८२०७:५४:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार