Oct 02 2026 | २०८३, आश्विन १६ गते

विश्वभाषा क्याम्पसमा भर्नाको लागि आवेदन खुला

विश्वभाषा क्याम्पसमा भर्नाको लागि आवेदन खुला

  • 649
    SHARES

  • विश्वभाषा क्याम्पसमा भर्नाको लागि आवेदन खुला

    असार, १२ गते/ काठमाडौ। त्रिभुवन विश्वविद्यालयको विश्वभाषा क्याम्पसमा भर्नाको लागि आवेदन खुला गरेको छ।

    विश्वभाषा क्याम्पसमा वर्षे सत्र २०८२ को कक्षा साउन १५ गतेदेखि सञ्चालन हुने चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजी भाषाहरुको नयाँ भर्नाको लागि फाराम खुला गरिएको हो।

    माथी दिएका मध्ये कुनै एक भाषा पढ्न इच्छुक विद्यार्थीहरुले तोकिएको समयभित्र आवेदन फाराम भरी क्याम्पसमा प्रकाशित सूचना अनुसार भर्ना हुन सूचित गरेको छ।

    भर्नाको लागि फाराम लिने र बुझाउने मिति २०८२ असार १५ गतेदेखि २९ गतेसम्म तोकिएको छ।

    त्रिभुवन विश्वविद्यालयको निर्णय अनुसार क्याम्पसले तोकिएको भर्ना समय बाहेक अन्य समयमा भर्ना नलिने जनाएको छ।

    भर्नाको लागि आवस्यक जानकारी

    १) फाराम लिने र बुझाउने मिति २०८२ असार १५ गतेदेखि २९ गतेसम्म । समय : (बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म ।

    २) आवश्यक न्यूनतम शैक्षिक योग्यता: अंग्रेजी लेखन बाहेक सबै भाषाको लागि एस.एस.सी. वा एस.ई.ई. मा कम्तीमा "C" Grade प्राप्त वा सो सरह उत्तिर्ण भएको हुनुपर्नेछ ।

    ३) अंग्रेजी लेखनको लागि स्नातक वा सो सरह उत्तिर्ण भएको हुनुपर्नेछ ।

    ४) आवेदन फाराम दर्ता गर्न आउँदा अनिवार्य रुपमा सक्कल प्रमाणपत्र देखाई प्रतिलिपि रुजु गराउनु पर्नेछ ।

    ५) दोस्रोदेखि छठौं सेमेष्टरसम्मको भर्ना २०८२ साउन १६ गतेदेखि साउन २३ गतेसम्म ।

    ६) Level Test को फाराम वितरण २०८२ साउन ४ गतेदेखि ८ गतेसम्म हुनेछ ।

    ७) अंग्रेजी र नेपाली भाषा बाहेक अन्य भाषाका लागि शिक्षकहरू आवश्यक भएकोले इच्छुक व्यक्तिहरूले क्याम्पस प्रशासनमा सम्पर्क राख्नुहोला ।

    images
    बिहिवार, आषाढ १२ २०८२०७:४१:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार