Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई नतिजा सुधार : गणित, अंग्रेजी र बिज्ञानमा विद्यार्थी कमजोर

एसईई नतिजा सुधार : गणित, अंग्रेजी र बिज्ञानमा विद्यार्थी कमजोर

  • 589
    SHARES

  • एसईई नतिजा सुधार : गणित, अंग्रेजी र बिज्ञानमा विद्यार्थी कमजोर

    असार, १४ गते/ काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा गत वर्षको तुलनामा राम्रो सुधार भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार २०८१ सालको परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    परीक्षामा कुल चार लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये दुई लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका छन्। भने एक लाख ६७ हजार ५९७ जना अनुत्तीर्ण अर्थात् नन ग्रेडेडमा परेका छन् ।

    यस पटकको नतिजा पछिल्लो वर्षको तुलनामा उच्च उत्तीर्ण दर हो । गत वर्ष एसइईमा ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । अहिलेको नतिजा गत वर्षको भन्दा १४ प्रतिशतले धेरै हो । सहभागीमध्ये १२६ परीक्षार्थीको परीक्षा भने रद्द भएको बोर्डले जनाएको छ ।

    नियमित परीक्षामा सहभागी भएका चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये उच्च जिपिए ३.६ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ छ । त्यस्तै, जिपिए ३.२ देखि ३.६ सम्म ल्याउने ८१ हजार ३८५ जना, जिपिए २.८ देखि ३.२ सम्म ८९ हजार १२४ जना, जिपिए २.४ देखि २.८ ल्याउने ४८ हजार ४७९ जना, जिपिए २.० देखि २.४ सम्म ल्याउने चार हजार १२६ जना र जिपिए १.६ देखि २.० सम्म ल्याउने विद्यार्थी आठजना छन् ।

    ०८१ को एसइई परीक्षामा नियमिततर्फ दुई लाख ११ हजार ८५७ छात्र, दुई लाख नौ हजार ७०५ छात्रा र २३ जना अन्य सहित चार लाख २१ हजार ५८५ जना रहेका त्जिए।

    ग्रेडवृद्धितर्फ ३४ हजार ५७० छात्र, ४० हजार ९६२ छात्रा र सात अन्यसहित ७५ हजार ५३९ जना तथा प्राविधिकतर्फ नौ हजार ८४८ छात्र, सात हजार ६३ छात्रासहित १६ हजार ९४७ जना विद्यार्थी रहेका थिए।

    जिपिए ४ ल्याउने विद्यार्थी संख्या ९७१ रहेको छ।

    नतिजा अनुसार गणित, अंग्रेजी र बिज्ञानमा गणितमा सबैभन्दा बढी कमजोर देखिएका छन। विषयगत रूपमा सबैभन्दा धेरै विद्यार्थी गणितमा ननग्रेडेड भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एक लाख २८ हजार २१५ विद्यार्थीले गणितमा ननग्रेडेड अंक पाएका छन् । गत वर्ष पनि गणित विषयमै सबैभन्दा धेरै ननग्रेडेड संख्या थियो । नतिजामा गणितपछि अंग्रेजीमा ८० हजार ६७२ जना, विज्ञानमा ७९ हजार २७१ विद्यार्थी अनुत्तीर्ण भएला छन् ।

    त्यसैगरी नेपालीमा ५४ हजार ७३५, सामाजिक अध्ययनमा ५३ हजार १८६, अर्थशास्त्रमा ४२ हजार १५० र अतिरिक्त गणितमा १८ हजार २२२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

    प्रदेशगत नतिजा हेर्दा सबैभन्दा धेरै सहभागी बागमती प्रदेशका विद्यार्थी थिए । जसमा एक लाख १९ हजार ५१७ सहभागी भएकोमा २० हजार ९४६ जना ननग्रेडेड भएका छन् ।

    त्यस्तै, कोशी प्रदेशबाट ४७ हजार ८३५ विद्यार्थी सहभागी रहेकोमा २३ हजार ६३१ विद्यार्थी ननग्रेडेड भएका छन् । त्यस्तै, मधेश प्रदेशबाट ५९ हजार ७४९ विद्यार्थी सहभागी रहेकोमा ४२ हजार ७७९ विद्यार्थी ननग्रेडेड भएका छन् । गण्डकी प्रदेशबाट एसइईमा सहभागी हुने विद्यार्थी संख्या ४७ हजार ८४९ थियो । जहाँ ११ हजार ३२८ विद्यार्थी ननग्रेडेड भएका छन् ।

    त्यसैगरी, लुम्बिनी प्रदेशबाट ५७ हजार ६८७ विद्यार्थी सहभागी रहेकोमा २८ हजार २७४ विद्यार्थी ननग्रेडेड भएका छन् । कर्णाली प्रदेशबाट ४६ हजार ४५५ विद्यार्थी सहभागी रहेकोमा १३ हजार ७६५ विद्यार्थी ननग्रेडेड भएका छन् । सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी सहभागी थिए भने २६ हजार ८७४ जना ननग्रेडेड भएका छन् ।

    राष्ट्रिय परीक्षा बोर्डले नतिजा चित्त नबुझेमा २३ असारभित्र पुनर्योगको लागि आवेदन दिन सक्ने जानकारी दिएको छ। साथै ननग्रेडेड विद्यार्थीका लागि २९ साउनदेखि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।

    यस्तो छ, पुरक परिक्षाको तालिका

    FB_IMG_1751072710185.jpgFB_IMG_1751072712969.jpg

    images
    शनिवार, आषाढ १४ २०८२०७:३२:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार