Oct 02 2026 | २०८३, आश्विन १६ गते

क्याम्पस प्रमुख पदको लागि आवेदन खुला - राजर्षिजनक विश्वविद्यालय

क्याम्पस प्रमुख पदको लागि आवेदन खुला - राजर्षिजनक विश्वविद्यालय

  • 498
    SHARES

  • क्याम्पस प्रमुख पदको लागि आवेदन खुला - राजर्षिजनक विश्वविद्यालय

    जनकपुरधाम। राजर्षिजनक विश्वविद्यालय एक जना क्याम्पस प्रुख पदका लागि आवेदन माग गरेको छ।

    राजर्षिजनक विश्वविद्यालय संगठन संरचना तथा व्यवस्थापन नियमावली २०७५ को परिच्छेद १९ को नियम १२८ बमोजिम राजर्षिजनक विश्वविद्यालय अन्तर्गत महोत्तरी जिल्लास्थित आंगिक क्याम्पस श्री गौशाला इन्जिनियरिंग क्याम्पस, गौशालामा रिक्त रहेको क्याम्पस प्रमुख पदमा नियुक्तिका लागि आवेदन माग गरेको हो।

    यस विश्वविद्यालय वा अन्य विश्वविद्यालयमा कार्यरत वा अवकाश प्राप्त इन्जिनियरिंग विषयको प्राध्यापक / सहप्राध्यापकहरुले यो सूचना प्रकाशित भएको मितिले २१ (एकाईस) दिन भित्र आवश्यक कागजातहरु सहित email: ccapplication@rju.edu.np मार्फत आवेदन पेश गर्नु सक्ने उल्लेख छ।

    पेश गर्नुपर्ने कागजातहरू :

    व्यक्तिगत विवरण (CV) र प्राध्यापक वा सहप्राध्यापकको नियुक्ति तथा विश्वविद्यालयमा काम गरेको अनुभव स्पष्ट खुल्ने प्रमाणित कागजात ।

    images
    आइतवार, आषाढ १५ २०८२०८:०५:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार