आइतवार, आषाढ १५ २०८२
काठमाडौँ । निलबाराही माविका प्रधानाध्यापक डा. जानुका नेपाल/पौडेलद्वारा लिखित 'जननी पुञ्ज' कथा संग्रह विमोचन भएको छ। शनिवार काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा उक्त पुस्तक विमोचन भएको हो।

डा. नेपालको यो दोस्रो कथा संग्रह हो। यसअघि 'तनुजा' कथा संग्रह प्रकाशन भई सकेको छ। जानुका नेपाल (विद्यावारिधि) नेपाली भाषासाहित्य र शिक्षा क्षेत्रमा परिचित हस्ताक्षर हुनुहुन्छ । २०२६ मा काभ्रेमा जन्मिनुभएकी नेपाल हाल भक्तपुरमा बसोबास गर्नुहुन्छ । नीलबाराही माध्यमिक विद्यालयकी प्रधानाध्यापकका रूपमा उहाँको शैक्षिक योगदान समाजले पाइरहेको छ ।
उहाँको लेखनीबाट तयार भएको यो पछिल्लो कृति 'जननी पुञ्ज' नारी शक्ति र उनीहरूको योगदानसँग सम्बद्ध छ । केवल नारी भएकाले, नारीकै लागि, लेख्नका लागि लेखिएको यो कृति होइन अपितु नारीले भोगेका कटुतिक्त यथार्थ अनुभव, अनुभूति र पुरूषहरूलाई जीवनमा सफल तुल्याउन, स्थापित गराउनमा नारीहरूको योगदानको यथार्थ विश्लेषणसँग सम्बद्ध बनेर यो कृति आएको छ ।

उक्त कथा संग्रहमा सत्ययुग, त्रेतायुग र द्वापर युगका महत्त्वपूर्ण र प्रतिनिधि नारीहरूलाई केन्द्र बनाएर लेखिएको छ।
'जननी पुञ्ज' कथा संग्रह भुणिपुराण प्रकाशनले प्रकाशित गरेको हो। विमोचन समारोहमा भुणिपुराण प्रकाशनका प्रमुख केशव पराजुलीको सभापतित्व तथा संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भयो।
पुस्तक विमोचन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बेपत्ता पारिएका ब्याक्तिको छानबिन आयोगका अधक्ष्य एवम नेपालको पहिलो महिला मुख्य सचिव लीलादेवी गडतौला, उप-महालेखापरीक्षक श्री बिन्दु विष्ट, शिक्षाबिध प्रा. डा. विद्यानाथ कोइराला, प्रा. डा. राम्चन्द्र लम्साल, प्रा. डा लीलानाथ पौडेल रहेका थिए भने पुस्तक समिक्ष्यक प्राज्ञ डा. तुलसी भट्टराई, प्रा. डा. भागवत ढकाल ज्यू, बाल्मीकि क्याम्पस उपप्रध्यापक एवम् समालोचक ज्ञानु अधिकारी, पद्मकन्या क्याम्पस पुस्तक सम्पादक तथा साहित्यकार श्री बिमल भौकाजी रहेका थिए।
त्यसैगरी बिशेश अतिथी लेखकका जेठा दाजु एवम नेपाल सरकारका पुर्व गृह सचिव श्री जनार्दन नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गर्भनर श्री चिन्तामणि सिवाकोटी ज्यू लेखकका कान्छा दाजु एवम पूर्व सह सचिब, श्री पुरुषोतम नेपाल, पूर्व सहसचिव शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय श्री दीपक शर्मा लगाएत विभिन्न साहित्य, संस्कृति फाटका व्यक्तित्वहरु तथा प्रधानाध्यापक र शिक्षकहरुको उपस्थिति रहेको थियो।
उक्त पुस्तक विमोचन समारोह आयोजक शुस्मिता बोगटिले संचालन गर्नुभयो। साथै लेखकका जिवन साथी एवम NARC का पुर्व प्रशाशकिय प्रमुख श्री बाबुराम पौडेलले स्वागत मन्तव्य दिनुभयो ।