शनिवार, आषाढ २१ २०८२
असार, २१ गते/ धादिङ। जिल्लाको नीलकण्ठ नगरपालिकाले एसइई २०८१ मा ४ जिपिए ल्याएका विद्यार्थीलाई नगद रु. ५० हजार सहित सम्मान गरेको छ।
पालिकाले नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयकी सन्ध्या तिमल्सिना, सुनौलो भैरवी माध्यमिक विद्यालयकी प्रशंसा श्रेष्ठ, चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयकी प्रिसिला तामाङ र न्यू किबो आवासिय बोर्डिङ स्कुलका समिर भण्डारी र आयुष शर्मालाई जनही ५०/५० हजार नगदसहित सम्मान गरेको हो।
त्यस्तै एसईईमा शत प्रतिशत नतिजा ल्याउन सफल प्रकाश मावि, लामागुरु महादेव मावि, महेन्द्र मावि र भैरवी माविलाई ४/४ लाख रुपैयाँले पुरस्कृत गरिएको छ ।