Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

  • 491
    SHARES

  • प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

    काठमाडौं । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गर्दै आएको प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु भएको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी यससम्बन्धी जानकारी दिइएको हो।

    शैक्षिक कोर्षमा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिन, छात्राहरुमा निहित क्षमता उजागर गर्न, व्यक्तित्व विकासका साथै नेतृत्वदायी भुमिका निर्वाहका लागि यो प्रतियोगिता हुँदै आएको छ।

    प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगितामा सहभागीहरुमा देखिएको प्रतिष्पर्धाको भावना, व्यक्तित्व विकास र सकारात्मक परिवर्तन्का कारण छात्राहरुका लागि राम्रो प्लेटफर्म सावित भएको बताउनुभयो। ‘विभिन्न विद्यालयमा कक्षा चारदेखी कक्षा आठसम्म अध्ययनरत ८ देखी १३ वर्ष उमेर समुहका छात्राहरुलाई यस प्रतियोगितामा सहभागी गराउँदै आएका छौं’, अध्यक्ष भट्टले भन्नुभयो, ‘शैक्षिक कोर्षमा नसमेटिएका तर बदलिँदो समय र प्रविधीका कारण आवश्यक विषयमा छात्राहरुलाई ज्ञान दिन, उनीहरुमा निहित प्रतिभा प्रस्फुटन एवं सिर्जनात्मक कार्यमा प्रेरित गर्न यो प्रतियोगिता सार्थक बनेको छ।’

    पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंकी सल्लाहकार एवं कार्यक्रम संयोजक रीता राई (दाहाल)ले प्रतियोगितालाई केही परिमार्जन गरी सहभागीहरुलाई अझ दक्ष र उत्कृष्ठ बनाइने जानकारी दिनुभयो। ‘विगतको अनुभव, सहभागी विद्यालय, अभिभावक एवं छात्राहरुबाट प्राप्त सुझावका आधारमा यस संस्करणदेखी छनोट प्रक्रियालाई अझ बैज्ञानिक बनाएका छौं’, संयोजक राईले भन्नुभयो, ‘सहभागी विद्यार्थीमा जे क्षमता छ, त्यसमा निख्खार ल्याउने र सोहीअनुसार प्रमाणपत्र, उपहार एवं ट्रफीसहित सबैलाई सम्मान गरिने भएकाले छात्राहरु सिर्जनात्मक काममा थप प्रेरित भएको पाएका छौं।’

    अभिभावको अनुमति एवं विद्यालयको सिफारिसमा प्रतियोगितामा सहभागी हुन आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा बढीमा ७० जना छात्रालाई अन्तिम प्रतिष्पर्धामा सहभागी गराइने छ। प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्य र कोच एञ्जल राईले तीन साता प्रशिक्षण दिनुहुने छ भने अन्य विभिन्न विधाका विशेषज्ञहरुबाट समेत प्रशिक्षण दिइने छ।

    पत्रकार सम्मेलनमा एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोकप्यासी राईले सहभागी छात्राहरुमा निहित क्षमता उजागर गरी उनीहरुमा प्रतिष्पर्धाको भावना जागृत गर्ने, आत्माविश्वास बढाउने र नेतृत्वदायी भूमिका निर्वाहका लागि प्रेरित गर्ने बताउनुभयो। त्यसै गरी कोच एञ्जल राईले हरेक छात्राहरुमा केही न केही क्षमता हुने भएकाले त्यसको पहिचान गरी सोहीअनुसार अगाडी बढ्न प्रतियोगिता सार्थक हुने बताउनुभयो।

    अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका प्रतियोगीहरुलाई २०८२ साउन २५ गतेदेखी प्रशिक्षण सुरु गरी २०८२ भदौ १५ गते अन्तिम प्रतिष्पर्धा गराइने छ। प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनरअपलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ। त्यसैगरी मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि विजेतालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। प्रतियोगिताको यो १४औं संस्करण हो।

    FB_IMG_1752241876238.jpg

    images
    शनिवार, आषाढ २८ २०८२०९:२३:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार